चीनका प्रसिद्ध वास्तु डिजाइनर
ल्यांग स छंग

        ल्यांग स छंग (1901-1972), लामो समयसम्म वास्तु सम्बन्धी कार्य गर्नुभएको थियो र त्यसमा उहाँले महत्वपूर्ण योगदान पुर्‍याउनुभएको थियो।

        श्री ल्यांग स छंगले गत शताव्दीको तीसको दशकदेखि चीनको प्राचीन वास्तुको अनुसन्धान र अध्ययन गरी यस बारेमा लामो शोध-प्रबन्ध लेख्नुभएको थियो। वास्तु कलाको थप विकासका लागि ती शोध-प्रबन्धहरुको ठूलो महत्व रहेको छ।

        श्री ल्यांग स छंगले पेइचिंग शहरको सजावट र वास्तु डिजाइन बारे प्रशस्त सुझाव प्रस्तुत गर्नुका साथै पेइचिंग शहरको सजावटमा पनि स्वयम् आफैंले भाग लिनुभएको थियो। उहाँले चीनको राष्ट्रिय चिनो, जन-योद्धा स्मारक, यांग चौ शहरस्थित च्येन चन नामक भिक्षूको स्मृति भवन आदि वास्तुहरुको डिजाइन कार्यमा पनि भाग लिनुभएको थियो। साथै उहाँले वास्तु कलाको जातीय ढाँचा बारे पनि अध्ययन गर्नुभएको थियो।

        सबैभन्दा पहिले वैज्ञानिक उपायमार्फत प्राचीन कालको वास्तुको अध्ययन गर्ने र वास्तु सम्बन्धी रचनाहरुलाई तह मिलाउने चीनका विद्बानहरुमध्ये श्री ल्यांग स छंग पनि एकजना हुनुहुन्छ। उहाँको लामो शोध-प्रबन्ध नै चीनको वास्तु क्षेत्रको अमूल्य सम्पति हो।

ऊ ल्यांग यौं

         ऊ ल्यांग यौंको जन्म सन् 1922 मा भएको हो। उहाँ अन्तर्राष्ट्रिय वास्तु परिषद् अर्थात UIA का उपाध्यक्ष र विश्व मानव जातीको केन्द्रीय आबास संघ अर्थात WSE का अध्यक्ष हुनुभएको थियो। नयाँ चीनको वास्तु र शहरको बन्दोबस्त गर्ने महानुभावहरुमध्ये उहाँ पनि एक हुनुहुन्छ। उहाँद्बारा प्रस्तुत चीनको वास्तु र शहरको बन्दोबस्त सम्बन्धी शिक्षाको श्रृंखलाबद्ध विचार तथा सुझावले चिनियाँ विशेषतायुक्त वास्तु र शहरको बन्दोबस्त सम्बन्धी शिक्षाको प्रणालीको स्थापनाका लागि महत्वपूर्ण योगदान पुर्‍याएको छ। उहाँद्बारा डिजाइन गरिएको पेइचिंगको च्यु र गल्लीमा नयाँ चोकको आवास परियोजनाले सन् 1992 मा संयुक्त राष्ट्र संघको विश्व मानव जातिको आवास पुरस्कार, एशियाली वास्तु परिषद्को उत्तम वास्तु डिजाइनको स्वर्ण पुरस्कार तथा चीनको वास्तु संघको उत्तम वास्तुको डिजाइन पुरस्कार प्राप्त गरेको थियो। यसका अतिरिक्त, उहाँको तत्वावधानमा रहेको राष्ट्रिय प्राकृतिक वैज्ञानिक कोषको महत्वपूर्ण परियोजना— विकसित क्षेत्रको शहरीकरकण प्रक्रियामा वास्तु वातावरणको संरक्षण र विकास सम्बन्धी अध्ययनलाई अन्तर्राष्ट्रिय स्तरको महत्वपूर्ण वैज्ञानिक उपलव्धि ठानिएको छ।

चांग खाइ ची

        श्री चांग खाइ ची नयाँ चीनका पहिलो पुस्ताका वास्तु डिजाइनजर हुनुहुन्छ। उहाँ सन 1912 मा शांग हाईमा जन्मिनु भएको थियो। सन 1935 मा नान् चिंग केन्द्रीय विश्वविद्यालयबाट स्नातक गर्नुभएपछि उहाँ क्रमशः पेइचिंग वास्तु डिजाइन अध्ययन प्रतिष्ठानका प्रमुख डिजाइनर, वास्तु सम्बन्धी पेइचिंग सरकारका सल्लाहकार र चीनको वास्तु अध्ययन संस्थाका उप-प्रमुख रहनुभएको थियो। सन 1990 मा उहाँलाई चीनको निर्माण मन्त्रालयद्बारा प्रसिद्ध वास्तु डिजाइनरको उपाधि प्रदान गरिएको थियो। उहाँले चीनको थ्येन आन् मन चोकको दर्शक मञ्च, क्रान्ति संग्रहालय, ऐतिहासिक संग्रहालय, त्याऊ यु थाइ होटेल आदि संरचनाहरुको डिजाइन गर्नुभएको थियो।

यांग थिंग पाऊ

         श्री यांग थिंग पाऊ (1901-1982), सन 1921 मा अध्ययनका लागि अमेरिका जानुभएको थियो। उहाँले सन 1924 मा एमर्सोन प्राइज प्रतियोगितामा पहिलो पुरस्कार तथा अमेरिकाको मुनिसिपाल आर्ट सोसाइटी प्राइज प्रतियोगितामा पहिलो पुरस्कार प्राप्त गर्नुभएको थियो।