तिब्बतको आधारभूत अवस्था

           तिब्बत स्वायत्त प्रदेश चीनका पाँचवटा स्वायत्त प्रदेशहरुमध्येको एक हो। त्यसलाई छोटकरीमा तिब्बत पनि भनिन्छ। त्यहाँ मुख्यतः तिब्बती जातिका मानिसहरुको बसोबास छ। त्यसैले त्यसलाई स्वशासनको अधिकार दिइएको छ। तिब्बत चीनको दक्षिण-पश्चिमी सिमा क्षेत्र र छिंगहाई-तिब्बत टारभूमिको दक्षिण-पश्चिमी भागमा अवस्थित छ। तिब्बतको दक्षिणी भाग नेपाल, भारत, भूटान र म्यान्मार आदि मुलुकहरुसँग जोडिएको छ। तिब्बतको सिमा-रेखाको कूल लम्बाइ झण्डै चार हजार किलोमिटर छ। सारा तिब्बतको कूल क्षेत्रफल बाह्र लाख बीस हजार वर्गकिलोमिटर भन्दा बढी छ भने तिब्बतको क्षेत्रफलले चीनको कूल क्षेत्रफलको 12.8 प्रतिशत ठाउँ ओगटेको छ।

            तिब्बत स्वायत्त प्रदेश भू-भागको सरदर उचाइ चार हजार मिटरभन्दा बढी छ। यो छिंगहाई-तिब्बत टारभूमिको मुख्य भाग हो। त्यसलाई विश्वको छानो पनि भनिन्छ। तिब्बत स्वायत्त प्रदेशको कूल जनसंख्या छब्बिस लाख भन्दा बढी छ जसमध्ये तिब्बती जातिका मानिसहरुको कूल जनसंख्या पच्चीस लाख जति छ। तिब्बती जातिका मानिसहरुको जनसंख्या तिब्बत स्वायत्त प्रदेशको कूल जनसंख्याको 96 प्रतिशत छ। तिब्बत नै चीनमा जनसंख्या सबैभन्दा कम रहेको स्वायत्त प्रदेश हो।