उद्योग व्यवसाय

         विगतमा तिब्बतमा तिब्बती कम्बल, तिब्बती बुट, काठको कचौरा आदि बनाउने परम्परागत हाते व्यवसाय मात्र प्रचलित थियो। आधुनिक उद्योग-व्यवसाय केही पनि थिएनन। सन् 1951 मा तिब्बतको शान्तिपूर्ण मुक्तिपछि, विशेष गरी सन्1959मा प्रजातान्त्रिक सुधार भएपछि तिब्बतमा उद्योग-व्यवसायको तिव्र विकास हुदैआएको छ। हाल त्यहाँ कोइला, यन्त्रादि, रासायनिक उद्योग, प्लास्टिक सामग्री, वस्त्र-उद्योग, खाद्यान्न, छाला, कागज आदि क्षेत्रका उद्योगहरुको स्थापना भैसकेको छ। ती उद्योगहरु सानो ढाँचाका व्यवसाय हुन्। यिनीहरु मुख्यतः ल्हासा शहर, लीन ची, रीकाच आदि क्षेत्रमा छन्। आधुनिक वाणिज्य, पर्यटन, मनोरञ्जन, सूचना-प्रविधि आदि व्यवसाय पहिले तिब्बतमा नभएका सबै नयाँ व्यवसाय हुन्। ती व्यवसायहरु द्रुत गतिले विकसित हुदैआएका छन।

          सन् 2003मा तिब्बतको कूल औद्योगिक उत्पादन दुइ अरब 77 करोड चिनियाँ युआन बराबर पुगेको थियो। तिब्बतका उद्योग-व्यवसायले कूल गार्हस्थ्य उत्पादनको 15 प्रतिशत ठाउँ ओगटेको छ। भविष्यमा तिब्बतमा उद्योग-व्यवसायको सक्रियताका साथ विकास गरी व्यवसायको बनौटमा समन्वय ल्याई खनिज व्यवसाय, वन, पशु-उत्पादन यी तीनवटा श्रोतको विकास तथा प्रयोगको प्रयास गर्नेछ। साथै औद्योगिक उत्पादनलाई गार्हस्थ्य उत्पादनको कूल मात्रामा ओगट्ने दरलाई बढाउनका लागि प्रविधि क्षेत्रको सुधारमा बढी जोड दिइने छ।