कृषि

            तिब्बतको कृषि व्यवसाय मुख्यतः पशुपालन र खेतिपातीको सम्रिश्रण हो। तथापि पशुपालनलाई यस व्यवसायको मुख्य स्थानमा राखिएको छ। समुद्र सतहदेखि धेरै उचाइ तथा कठाङ्ग्रीने जाडो तिब्बतको विशेषता हो। तिब्बतको भौगोलिक अवस्था निकै कठीन र विविध छ— यहाँ मैदानी क्षेत्र, मध्य पहाडी क्षेत्र अनि हिमाली क्षेत्रको हावा-पानी र भौगोलिक अवस्थित निकै बीच निकै ठाडो अन्तर स्पष्ट देखिन्छ। तिब्बतमा प्राकृतिक अवस्था राम्रो भएका उपत्यका तथा समथर क्षेत्रहरुमा खेतीपाती गरेको देखिन्छ। यहाँको मुख्य बाली भनेको छीङ्ग ख अर्थात एक किसिमको जौ हो। यस बाहेक, तिब्बतमा गहुँ, तोरी, सीमी-बोडी तथा धान, मकै आदिको पनि खेती गरिन्छ। त्यहाँ छीङ्ग खको खेती सबैभन्दा बढी गरिन्छ। त्यसको खेती खासगरी समुद्र सतहदेखि 2500-4500मिटर बीचको क्षेत्रमा गरेको देखिन्छ।