तिब्बतलाई सहयोग गर्ने परियोजना

          ऐतिहासिक तथा प्राकृतिक विकटता र विषमताका कारण सिमित पारिएको तिब्बत लामो समयसम्म आर्थिक तथा सामाजिक विकासका दृष्टिकोणले पिछडिएको देखिन्‌थ्यो। त्यसैले यस प्रदेशको विकासका लागि सन् 1984देखि सन्1994सम्म चीन सरकारको लगानीमा र चीनका नौवटा प्रान्त तथा शहरहरुको सहयोगमा त्यहाँ 43 वटा परियोजना शुरु गरिएका छन्। ती परियोजनाहरुमा गरिएको कूल लगानी 48 करोड चिनियाँ युआन पुगेको छ। सन् 1994मा चीनको केन्द्रीय सरकारले तिब्बत सम्बन्धी तेस्रो गोष्ठीमा तिब्बतको विकास-निर्माणमा सहयोग गर्ने 62 वटा परियोजना निश्चित गरेको थियो। ती परियोजनाहरुमा कृषि, पशुपालन, उर्जा-श्रोत, यातायात, दूर संचार आदि क्षेत्र समावेश छन्। ती परियोजनाहरुमा गरिएको लगानीको कूल रकम चार अरब 86 करोड चिनियाँ युआन पुगेको छ। हालसम्म ती परियोजनाहरुको निर्माण सम्पन्न भई प्रयोगमा समेत आइसकेका छन् र त्यहाँको आर्थिक तथा सामाजिक क्षेत्रमा तीनको प्रभाव उल्लेख्य रहेको वताइएको छ।

           तिब्बतलाई सहयोग दिने 62 वटा परियोजनाले तिब्बतको आर्थिक विकासलाई अघि बढाउनुका साथै हजारौं वर्षदेखि पठारमा बसिरहेका बासिन्दाहरुको जीवन तथा बानीमा सकारात्मक परिवर्तन ल्याइरहेका छन्। तिब्बत स्वायत्त प्रदेशको सदरमुकाम ल्हासाका बासिन्दाहरुले हरेक दिन धेरै स्याटेलाइट टेलिभिजन कार्यक्रम हेर्छन्। पूर्वी तिब्बतमा पर्ने शान च्याङ्ग क्षेत्रमा कृषिको संयुक्त विकास भइरहेकाले त्यहसलाई मरुद्यान बनाएको छ। दक्षिणी तिब्बतमा होचो घरको सट्टा अब अग्ला-अग्ला भवन उभिरहेका छन्। कृषकहरुका वाल-वालिकाहरुले अब आफ्ना आमा-बाबुको सपना बोकेर फराकिलो तथा उज्याला कोठामा बसेर पढ्नपाएका छन।