थाङका

        थाङका, यस शब्दलाई तिब्बती भाषाको उच्चारण अनुसार उल्था गरिएको छ। त्यो सुती कपडा, रेशमी कपडा वा कागजमा कार्चोपी भरिएको वा चित्र कोरिएको रंगी-विरंगका पौभा चित्र हुनुका साथै तिब्बती जातीय संस्कृतिको विशेषतायुक्त एक किसिमको पनि चित्र हो।

        थाङका अर्थात पौभा चित्र बनाउँदा सनपाट वा खस्रो खालको कपडालाई मूल कपडाका रुपमा लिइने गरिन्छ। रेशमी कपडाका थाङका मूल्यवान् हुन्छन। जन-श्रुतिअनुसार सातौं शताब्दिताका थाङ राज्यकालका वन् चन् राजकुमारीले तिब्बत जाँदा कपडा बुनाइको प्रविधि पनि साथै लिएरगएकी थिइन्। त्यसै बेलादेखि थाङका बनाउँदा तिब्बतमा त्यस प्रविधिको प्रयोग र विस्तार हुनथालेको हो।

   थाङका बनाउँदा प्रयोग गरिएका रंग-रोगनहरु सबै नै पारदर्शी नहुने खनिज पदार्थ र वनस्पतिबाट झिकिएको रंग हो। त्यस किसिमका रंगमा जन्तुबाट झिकिएका केही मात्राका चोब र चौरीका पित्त पनि मिलाउनुपर्छ। वैज्ञानिक दृष्टिबाट हेर्दा त्यस किसिमका कच्चा पदार्थबाट बनाइएको रंग-रोगन एकदमै दिगो हुनुका साथै तिब्बतको मौसम सुक्खा भएका कारणले गर्दा ती थाङकाहरु सयौं वर्षसम्म जस्ताको तस्तै रंगीन देखिन्छन, मानौं ती नयाँ उत्तम खालका थाङका नै हुन्।

         थाङकाको विषय हेर्दा एक सामाजिक इतिहास सम्बन्धी रीतिरिवाज प्रतिबिम्बित हुने चित्रलाई हेरे जस्तो छ। धार्मिक कुराहरु धेरै चित्रण गरिएका ती थाङकाहरुमा अरु विविध विषयका कुराहरु पनि समावेश गरिएका हुन्छन।