नौनी फूल

         

          नौनी फूललाई तेल कुंदाइ कला पनि भनिन्छ। यसमा बैद्ध धर्मका कथा, शाक्य मुनिका कथा, ऐतिहासिक कथा, जन-श्रुतिका नाटक-कथा आदि विविध विषयहरु समावेश छन्। ती नौनी फूलमा सूर्य, चन्द्रमा, घाँस, रुख, चरा-चुँरुंगी र जीव-जन्तु, घर-भवन र लता-कुंजका साथै बुद्ध, पण्डित र आचार्य, निजामती अधिकारी, जनरल र सैनिकहरुलाई जटिलतापूर्ण बुट्टा र रेखाहरुद्बारा कुंदिएका छन्। तीनको शैली सूक्ष्म र उत्तम देखिन्छ भने कलाको स्तर पनि उच्च स्थानमा पुगेको देखिन्छ।

          नौनी फूल बनाउँदा उपयोगको अवस्था अनुसार मझौला र साना खोपामा राखिएको नौनी फूल तथा अवलोकन गर्नका लागि ठूलो आकारका नौनी फूलका रुपमा छुट्याइएका हुन्छन्। खोपामा राखेर पूजा-अर्चानाका लागि बनाइएका साना खाले नौनी फूल अलि नरम र टहकिला हुनुका साथै तीनका बुट्टाहरु पनि विचित्रका देखिन्छन्। ती नौनी फूलले वातावरणलाई मंगलमय र हर्षोल्लासपूर्ण बनाउँछन्। खोपामा देखाइएको नौनी फूलहरु धेरैजसो त कैयन दर्जन वा कैयन सय वटा नौनी फूलहरु एकीकृत गरेर एकेक खोपामा राखिन्छ र त्यो निकै मनमोहक देखिन्छ।