गु छिंग बाजा

           गु छिंग बाजा चीनको प्राचीन प्लकिंग बाजा हो । प्राचीनकाल गु छिंग बाजालाई "छिंग"वा "याओ छिंग"भनिन्थ्यो । त्यसको इतिहास निकै लामो छ । झण्डै तीन हजार वर्षअघिको चौ राज्य वंशताका चिनियां जातिको पुर्खाले गु छिंग बाजा बनाउन थालेको थियो ।

          गु छिंग बाजाको आकार निकै राम्रो छ । त्यसको स्वर पनि सुमधुर र मसिनो खालको छ र त्यसको स्वर बहुपरिवर्तित पनि छ । प्राचीनकालका मानिसले गु छिंग बाजा बजाउँदा नुहाउनु र लुगा फेर्नु पर्थ्यो अनि त्यसपछि धूप बालेर पलेटी कसेर बसी सो बाजालाई आफ्नो खुट्टामा वा टेबुलमा राख्नु पर्थ्यो । बाजा बजाउँदा मानिसले देब्रे हातव्दारा बाजाको तारलाई प्लकिंग गर्नु र दाहिने हातव्दारा तारलाई थिच्नु पर्थ्यो । स्वरको मापदण्ड निकै कडा छ ।

    चीनको प्राचीनकालका साहित्यकारसित गु छिंग बाजाको संगीतको अविच्छिन्न सम्बन्ध थियो । थुप्रै प्राचीनकालीन कृतिमा अंकित गरिए अनुसार चिनियां साहित्यकार गु छिंग बाजाको संगीतमा मुख्य सहभागितता हुंदै आएका छन् । उहांहरुले गु छिंग बाजाको रचना , वादन , विश्लेषण र प्रसार-प्रचारतर्फ महत्वपूर्ण योगदान दिनुभयो ।

         गु छिंग बाजाको निर्माण कार्य यौटा विशेष कला नै हो। चीनका थांग र सुंग राज्यवंशताका गु छिंग बाजा बनाउने सुनौलो युग थियो। त्यसबेला सुक्ष्म हस्तकला र सुमधुर स्वरयुक्त मूल्यवान् गु छिंग बाजा देखा परेका थिए । तर गु छिंग बाजाको निर्माण गर्ने कार्यकौशल हराएको धेरै वर्षसम्म थियो । पहिले पहिलेदेखि चल्दै आएका गु छिंग बाजा त धेरैजसो वादकहरुले स्वयं-आफैव्दारा बनाएका हुन् । तीनको आकार र नाप पनि एकिकृत छैन । यताका दर्जनौं वर्षदेखि चीनले गु छिंग बाजा बनाउने कार्य पुन शुरु गरेको छ अनि त्यसको सुधार पनि गरेको छ । जसबाट सो प्राचीन बाजा पुन मर्मस्पर्शी मोहकता देखाउन सकियोस् ।

          गु छिंग बाजासित समृद्ध प्रदर्शन-शक्ति ,खुशी , रिस , दुख सुखको भावना र प्राकृतिक दृश्यको वर्णन गर्ने क्षमता छ । अर्कातिर गु छिंग बाजाको वादन तरीका पनि धेरै छन् । त्यसले एक्लो रुपमा वा सामूहिक रुपमा बजाउन सक्छ वा प्राचीनकाली गीत गाउनका लागि साथ दिन्छ । हालै विद्यमान रहेका गु छिंग बाजाका धुनमा झण्डै आधाजति विशेष गरी गीत गाउनका लागि साथ दिने धुन हुन् ।

           संगीत:《पहाड र खोला》