बान् हु बाजा

         बान् हुको अर्को नाउँ "पांग हु " र "छिंग हु" हो। स्थानीय ओपेराको उत्पत्ति हु छिंग बाजाका आधारमा भएको थियो। हु छिंग जस्ता अन्य चिनियाँ बाजाको तुलनामा बान् हुको सबैभन्दा ठूलो विशेषता के हो भने त्यसको स्वर निकै ठूलो र निकै मधुर छ। विशेष गरी त्यो बाजा फूर्तिलो र मनै रमाइलो पार्ने खालका प्रदर्शन गर्दा उपयोगमा ल्याइन्छ।

          चीनम बान् हु बाजाको इतिहास झण्डै तीन सय वर्षभन्दा पूरानो छ। त्यसको नाउँ पातलो काठ जोडिएको भन्ने अर्थबाट आएको हो।

          बान् हु बाजा सर्वप्रथम चीनको उत्तरी क्षेत्रमा प्रचलित थियो। तत्स्थानका धेरै स्थानीय ओपेरा, जस्तो ह पै पांग च, फिंग च्यु ओपेरा, यु च्यु ओपेरा र छिंग छ्यांग ओपेरा गाउँदा बान हु बाजाले साथ दिन्थ्यो। बान् हु बाजाको चिनियाँ ओपेरासित गहिरो सम्बन्ध भएकाले त्यसले स्थानीय ओपेरा बजाउँदा सबैभन्दा राम्रोसँग आफ्नो विशेषता प्रदर्शित गर्नसक्छ। स्थानीय ओपेरा गाउनका लागि साथ दिने प्रक्रियामा विभिन्न क्षेत्रका बान् हु बाजाले भिन्ना-भिन्नै शैली र विशेषतायुक्त स्थानीय शैलीको प्रदर्शन राम्ररी गरेका छन।

          बान् हु बाजाको बनौट अर हु बाजाको जस्तै छ। तर तिनीहरुका बीच केही फरक पनि छ। बान् हु बाजाको स्वरसित थातथलोको सशक्त स्वभाव विद्यमान छ। तारको माध्यमद्बारा बजाइने बाजाहरुमा उच्च स्वर बजाउने बाजा बान् हु बाजा नै हो।

          नयाँ चीनको स्थापना भएपछि संगीतकार र बाजा निर्माताहरुको संयुक्त प्रयासमा बान् हु बाजाको उत्पादन प्रविधिमा पनि ठूलो प्रगति हासिल भएको छ। बान् हु बाजाको परीवारमा धेरै नयाँ खालका बान् हु बाजा प्रवेश भएका छन। तीनमा मध्यम स्वर भएको बान् हु बाजा, उच्च स्वर भएको बान् हु बाजा, तीन तार भएको बान् हु बाजा र छिंग छ्यांग धुन बजाउने बान् हु बाजा आदि समावेश छन।

           बान् हु बाजाको आकारको विकासका साथसाथै बान् हु बाजा बजाउने कौशलमा पनि सुधार हुँदैआएको छ। यसै कारण त्यो चिनियाँ जातीय आर्केस्ट्रामा अनिवार्य विशेष बाजा र सशक्त स्थानीय विशेषतायुक्त एक्लै बजाउने बाजा बन्नपुगेको छ। यसका साथै त्यो जातीय नाटक, जातीय नाच-गानका समयमा साथ दिने बाजाका रुपमा पनि लोकप्रिय छ।

           संगीत:《ता छि बान्》