श्वे वै

        श्री श्वे वै बेलावादक हुनुहुन्छ। उहाँको जन्म सन् 1963 मा भएको हो। उहाँले व्यावसायिक तालिम लिएपछि सङ्गीतको राम्रो जग बसाल्नुभयो। उहाँले सन् 1981मा आयोजित राष्ट्रिय बेला प्रतियोगिता, सन् 1982 मा आयोजित कार्ट फलेष अन्तर्राष्ट्रिय बेला प्रतियोगितामा पुरस्कार प्राप्त गर्नुभएको थियो।

        सन् 1983 मा श्री श्वे वै चिनियाँ केन्द्रीय सङ्गीत अध्ययन संस्थानमा प्रवेश गर्नुभयो। दुइ वर्षपछि उहाँ सङ्गीत अध्ययनका लागि बेलायत जानुभयो। सन् 1986 मा मास्कोमा आयोजित चाइकोभस्की बेलावादन प्रतियोगितामा उहाँले रजत पदक प्राप्त गर्नुभयो। दुइ हप्तापछि उहाँले लण्डनमा कार्ट फलेष अन्तर्राष्ट्रिय बेला प्रतियोगितामा प्रथम पुरस्कार प्राप्त गर्नुभयो। सोही वर्ष उहाँले "बेलायतका वार्षिक युवा बेलावादक" पुरस्कार प्राप्त गर्नुभयो।

         श्री श्वे वैले पुरस्कार प्राप्त गरेपछि विभिन्न पक्षले उहाँको उच्च मूल्यांकन गरे। बेलायतको प्रसिद्ध ग्रामोफोन-पत्रले उहाँलाई "वर्तमान विश्वका सबैभन्दा वरिष्ठ बेलावादकहरुमध्येका एक" भनेको छ। उहाँले बारम्बार बेलायतका सङ्गीत टोलीसँगै मिलेर यूरोपेली सङ्गीत क्षेत्रका विभिन्न गतिविधिमा सक्रियताका साथ भाग लिनुभएको छ। उहाँले धेरै डिस्क कम्पनीका लागि रिकर्ड गर्नुभएको छ जसले उहाँको क्षमताको उच्च मूल्यांकन गरेका छन्। 《क्लासिकल सि.डि》पत्रका एकजना सङ्गीतकारले उहाँको प्रशंसा गर्दै भन्नुभएको थियो: डिस्कमा होस् अथवा सङ्गीत समारोहमा होस्, म उहाँको कुशल प्रदर्शन बिर्सन सक्दिन। सन् 1989 देखि श्री श्वे वै बेलायती शाही सङ्गीत अध्ययन संस्थानमा प्राध्यापक हुनुहुन्छ।

          सङ्गीत: 《होला नाचगान सङ्गीत》