पैचिङ्ग ओपेरामा अनुहारको प्रतिरुप

           पैचिङ्ग ओपेरा प्रदर्शन गर्दा अभितेताको अनुहारमा थरि-थरिका रंग लगाउनु पर्छ। अनुहारमा लगाएका रंगबाट अभिनेताको भावना, गुण-स्तर र भाग्य दर्शकहरुसामु देखाइन्छ। साधारणतया रातो अनुहार भएको पात्रले असल व्यक्तिको अभभिनय गर्छ। यस्तो पात्र इमान्दार र शूरवीर हुन्छ। कालो अनुहार बनाइएको पात्रले चलाक र निपुर्ण व्यक्तिको अभिनय गर्छ। निलो र हरियो अनुहार बनाइएको पात्रले जंगलमा लुकेर धनीहरुमाथि आक्रमण गरी गरिबहरुलाई सहयोग गर्ने बहादूरको अभिनय गर्छ। पहेंलो र सेतो अनुहार बनाइएका पात्रको गुणस्तर राम्रो छैन। यिनीहरु नराम्रो मान्छेको अभिनय गर्छन। यिनीहरु डरलाग्दा छन् र मानिसलाई छल गर्न अभिनय गर्छन्। सुनौलो र चाँदी रंगको अनुहार बनाइएका पात्रहरुले धेरैजसो देवता र राक्षको अभिनय गर्नेगर्छन्।