
चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गले 18 तारिख नयाँ दिल्लीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट-वार्ता गर्नुभएको छ। दुई मुलुकका नेताहरुले अझै घनिष्ठ साझेदारी सम्बन्ध स्थापना गर्न, विकासको सुअवसरको सदुपयोग गरी आ-आफ्नो विकास लक्ष्य साकार तुल्याउन, एशियाको शान्ति, स्थिरता तथा समृद्धिलाई बढाउन, अन्तर्राष्ट्रिय परिपाटीलाई अझै निष्पक्ष र सुचित दिशातर्फ विकास गर्न अंगीकार गर्नुभएको छ।
भेटमा सी चिन फिङ्गले चिनियाँ ड्रैगन र भारतीय हात्तीको मेलमिलापयुक्त सहअस्तित्व, शान्तिपूर्ण विकास, सहयोगात्मक विकासले दुई मुलुकका दुई अर्ब पचास करोड जनसंख्यालाई लाभ हुने कुरामा जोड दिनुभयो।
1 2 3