
चीनका राष्ट्राध्यक्ष सी चिन फिङले आज अठार तारिख नयाँ दिल्लीमा सम्बोधन गर्नुभएको छ। सो अवसरमा उहाँले चीन र भारतले अझ घनिष्ठ विकास साझेदारी, आर्थिक बृद्धिको नेतृत्वदायी सहयोग साझेदारी तथा रणनीतिक सहयोगी विश्व साझेदारी बनाउनुपर्ने मन्तव्य राख्नुभएको छ। साथै उहाँले दक्षिण एशियाली मुलुकलाई फाइदा पुग्ने ठोस नीतिको घोषणा पनि गर्नुभएको छ।
सी चिन फिङले विकास चीन र भारतको सबैभन्दा ठूलो साझा रणनीतिक लक्ष्य रहेको व्यक्त गर्नुभयो। उहाँले चीनलाई विश्व कारखानाको रुपमा परिचित रहेको र भारत विश्व अफिसको रुपमा चिनिएको भन्दै चीनको पश्चिमतिर खुलापन हुने र भारतको पूर्वतिर विकास गर्ने नीति मिलाएर प्रबर्द्धन गरी विश्वमा सबैभन्दा शक्तिशाली उत्पादन आधार, सबैभन्दा आकर्षित उपभोग्य बजार, सबैभन्दा बलियो विकास इन्जिन बनाएर लगानी र बैङ्गिक आदि क्षेत्रको सहयोगलाई विस्तार गर्नुपर्ने उल्लेख गर्नुभयो।
सी चिन फिङले चीन र भारतले क्षेत्रीय विकास वृद्धि गर्ने बलियो शक्ति बनेर क्षेत्रीय विभिन्न मुलुक मिलेर संयुक्त रुपमा विकास गर्नुपर्ने व्यक्त गर्नुभयो। साथै उहाँले सम्बन्धित मुलुकसँग क्षेत्रीय आर्थिक एकीकरण प्रबर्द्धन गरी बङ्गलादेश-चीन-म्यान्मार-भारत आर्थिक करिडोरको निर्माण छिटो गरी क्षेत्रीय चौतर्फी साझेदारी सम्बन्धसम्बन्धित वार्तालाई छिटो समाप्त गर्नुपर्ने पनि बताउनुभयो। साथै उहाँले क्षेत्रीय शान्ति तथा स्थीरताबाट एशिया तथा प्रशान्त क्षेत्रमा खुला, पारदर्शी, समान, उदार सुरक्षा तथा सहयोग प्रारुपको स्थापना गर्न संयुक्त रुपमा कोशिश गर्नुपर्ने पनि बताउनुभयो।
1 2