फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-भारत सम्बन्ध तथा चीन-दक्षिण एशिया सम्बन्धबारे सी चिन फिङद्वारा सम्बोधन

(GMT+08:00) 2014-09-18 21:14:48

       सी चिन फिङले चीन र भारतको जनसंख्या जोडेर दुई अर्ब पचास करोड भन्दा बढी पुग्ने र चीन तथा भारतले आवाज उठाएमा सारा विश्वले सुन्ने र चीन-भारत मिलेर सहयोग गरेमा सारा विश्वले ध्यान दिने पनि बताउनुभयो। विश्व मामिलामा दुई देशले रणनीतिक सहयोगलाई सबल पारी शान्ति सहअस्तित्वका पाँच सिद्धान्त आत्मसाथ गरेर सार्वभौमिकता समानता, न्याय तथा निष्पक्ष, साझा सुरक्षा, संयुक्त विकास, दुई देश तथा व्यापक विकासोन्मुख मुलुकको साझा हितको संरक्षणमा अडिग रहनुपर्ने बताउनुभयो। उहाँले चीन र भारतले आ-आफ्नो विकाससँगै विश्व आर्थिक बृद्धि र विश्वव्यापी सुशासनको लागि अझ ठूलो योगदान दिनुका साथै विकासोन्मुख मुलुकको तर्फबाट जलवायु परिवर्तन, खाद्य सुरक्षा, ऊर्जा सुरक्षा, इन्टर्नेट सुरक्षा आदि विश्वव्यापी समस्याको समाधान गर्ने कार्यक्रममा पनि आवाज उठाउनुपर्ने ‌औँल्याउनुभयो।

       चीनको दक्षिण एशिया नीतिबारे चर्चा गर्दै सी चिन फिङले दक्षिण एशियासँग मिलेर आगामी पाँच वर्षमा दुई पक्षबीचको व्यापार मात्रालाई एक खर्ब पचास अर्ब अमेरिकी डलरसम्म उकास्न, दक्षिण एशियालाई चीनले लगानी लगाउने रकमलाई तीस अर्ब अमेरिकी डलरसम्म उकास्न, दक्षिण एशियालाई बीस अर्ब अमेरिकी डलरको सुविधाजनक ऋण प्रदान गर्न चीन इच्छुक रहेको पनि बताउनुभयो। आगामी पाँच वर्ष चीनले दक्षिण एशियालाई दश हजार वटा छात्रवृत्ति अवसर, पाँच हजार वटा तालिम अवसर, पाँच हजार युवा आदान-प्रदान र तालिम अवसर, पाँच हजार चिनियाँ भाषाका गुरुलाई थप तालिम दिने अवसर प्रदान गर्ने पनि सीले जानकारी दिनुभयो। सी चिन फिङले चीनले दक्षिण एशियाली मुलुकसँग मिलेर चीन-दक्षिण एशिया वैज्ञानिक तथा प्राविधिक सहयोग साझेदारी कार्यक्रमको तयारी गरी चीन-दक्षिण एशिया एक्स्पोको भूमिका पूर्ण रुपमा निर्वाह गरी आपसी सहयोगको नयाँ मञ्च बनाउने पनि बताउनुभयो।


1 2
जानकारी तथा लेखहरु
सुझाउ