
सिन ह्वा समाचार समितिका अनुसार, नेपाली उद्धार विभागको मागबमोजिम काठमाडौँमा उद्धार गरिरहेको चीनको सरकारी चिकित्सा महामारी रोकथाम टोली हिजो मे तीन तारिख आइतबार एउटा छ सदस्यीय विशेष टोली हेलिकप्टरबाट सिन्धुपालचोक पुगेर त्यहाँको महामारी रोकथाम कार्य सुरु गरेको छ।
स्थानीयहरुका अनुसार, भूकम्प जानुअघि त्यस क्षेत्रमा सात हजारभन्दा बढी बासिन्दा थिए, भूकम्प गएपछि पचास जनाको मृत्यु भएको छ भने लगभग तीन सय परिवारका घर ध्वस्त भएका छन्। सो क्षेत्र अत्यन्तै प्रकोप क्षेत्र हो। चिनियाँ महामारी रोकथाम टोली उक्त गाउँमा पुगेको पहिलो अन्तर्राष्ट्रिय उद्धार टोली हो।
1 2