फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

छ्वान चौ शहर धार्मिक सहिष्णुताको शहर

(GMT+08:00) 2015-09-23 09:05:24

         छ्वान चौ शहर प्राचीन समयमा रेशम मार्गको प्रमुख बिन्दु थियो। यो रेशम जलमार्गको मुख्य द्वार थियो। यही समुद्री बाटो हुँदै रेशम जलमार्ग विश्वमा फैलिएको थियो। यसबाट व्यापार व्यवसायको मात्र लेनदेन नभइ एक कुनादेखि अर्को कुनासम्मको धर्म सँस्कृति आदि पनि फैलिएको थियो। ती धर्म सँस्कृति तथा जातजातिहरूलाई आजसम्म पनि यस छ्वान चौ शहरमा एउटा फूलबारीका फूलहरू जस्तै आआफ्नो विशेषता बोकेर हिँडिरहेको देख्नसकिन्छ र यो एउटा जीवित सङ्ग्रहालय बनेको छ।

         चीनको दक्षिणपूर्वमा अवस्थित फुच्येन प्रान्त चियाको लागि प्रख्यात छ र पछिल्लो समयमा यसै प्रान्तको एक स्यामन शहरले आफ्नो आर्थिक प्रगति तिव्र रुपमा गर्दैछ अनि गृष्ममा टाइफूनले सताउने पनि गरेको छ यस प्रान्तलाई। मैले यस फुच्येन प्रान्तको बारे यस अघि भन्ने कुरा यहीँ नै थियो। तर जब यसै फुच्येन प्रान्तको छ्वान चौ शहर घुम्ने जानकारी पाएपछि यो एउटा ऐतिहासिक शहर भन्ने थाहा पाएं। अनि आजको पहिलो दिनको भ्रमणबाट नै यो शहरको भ्रमण गर्न पाउनु मेरो भाग्य नै रहेछ कि भन्ने लागेको छ।

          यो शहर चीनका प्राचीन शहरहरू मध्येको एक हो। साथै यहाँ धेरै जातजातिहरूको बसोबासका साथै विभिन्न धर्मका अनुयायीहरू पनि धेरै रहेछन्। आज अवलोकन गरेका मुख्यत दुई वटा पुरातात्विक सम्पदाले यसै भन्छन्।

1 2 3
जानकारी तथा लेखहरु