फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

छ्वान चौ शहर धार्मिक सहिष्णुताको शहर

(GMT+08:00) 2015-09-23 09:05:24

        

           यो सानो शहर कता कता मलाई काठमाण्डु जस्तो पनि लाग्यो। मन्दिरैमन्दिर अनि धार्मिक सहिष्णुता, एउटा मालामा विभिन्न फूल उनेको जस्तो छ, शहर। विभिन्न जातजाति भाषा अनि विभिन्न धर्म यस शहरको विशेषता हो। साँझपख शहरको बाटो हिँड्दा अरु दुई वटा मन्दिर देखें। एउटा कन्फ्यूसियस र अर्को एक देशभक्त जनरलको नाममा बनाएको मन्दिर। साथै हजार वर्षअघिदेखिको नानयिङ्ग सङ्गीत पनि सुन्ने मौका पाएं। यसरी यो शहरले आफूलाई आधुनिकतामा ढाल्दै लगेता पनि आफ्नो परम्परा भुलेको छैन। अनि खाइयूआन मन्दिर वरिपरि मन्दिर भित्रको प्यागोडाको उचाइ बराबरको घर बनाउन नपाउने नियम रहेछ। यसरी सँस्कृति तथा परम्परालाई निरन्तरता दिँदैआएको यस ऐतिहासिक बन्दरगाह शहर कुनै बेला विश्वकै ठूलो बन्दरगाहमध्येको एक थियो। र सन् 2013मा राष्ट्राध्यक्ष सी चिन फिङ्गको एक्काइसौं शताब्दीको रेशम मार्ग निर्माणको घोषणासँगै फेरि पनि यो शहर ब्युँतेको छ।


1 2 3
जानकारी तथा लेखहरु