फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौँमा चिनियाँ नयाँ वर्षका अवसरमा विशेष कार्यक्रम

(GMT+08:00) 2017-02-13 16:27:24

सो कार्यक्रममा बोल्दै नेपालका लागि चिनियाँ राजदूत यू होङ्गले नेपाल र चीनबीचको सम्वन्ध निरन्तर रुपमा घनिष्ट बन्नै गएको बताउनुभयो। 2072 सालको महाभूकम्प पश्चात बन्द रहेको अरनिको राजमार्गबारे बोल्दै चिनियाँ राजदूत यू होङ्गले नेपाल चीन मैत्रीको प्रतीक मानिने अरनिको राजमार्ग छिट्टै सञ्चलन हुने जानकारी समेत दिनुभयो। चिनियाँ नव वर्षको तथा बसन्त उत्सवको अवसरमा उपस्थित समस्त महानुभावहरुलार्इ हार्दिक शुभकामना व्यक्त गर्दै चीन विश्व स्वतन्त्र व्यापार र अन्तरसम्वन्धको पक्षमा रहेको भन्दै राजदूत यू होङ्गले नयाँ विकास परिकल्पनाको निर्माण, बहुपक्षीय हितमा जोड, सामाजिक न्यायमा प्रवर्द्धन जस्ता विषयलार्इ उच्च प्राथमिकतामा राखेको बताउनुभयो। चीनले आर्थिक विश्वव्यापीकरणमा महच्वपूर्ण योगदान पुर्‍याएको बताउँदै नेपाल लगायत विश्वका सबै देशका जनतालाई चीनको विकासको द्रुत गतिमा आउन पनि आग्रह गर्नुभयो।

नेपाल चीन साँस्कृतिक तथा शैक्षिक परिषद स्थापना भए यता दुवै देशबीचमा साँस्कृतिक तथा शैक्षिक क्षेत्रमा आदान प्रदानको काम अगाडी बढेको भन्दै राजदूत यू होङ्गले नेपाली पर्यटन व्यवसायीहरुका लागि चिनियाँ भाषा कक्षाको सफल सञ्चालन, चिनियाँ नव वर्ष कार्यक्रमको आयोजना लगायतका कार्यक्रमहरुको माध्यमबाट परिषदले दुवै मुलकको सम्वन्ध जनस्तरसम्म अभिवृद्धि गर्ने उल्लेखय भूमिका निर्वाह गरेको समेत उहाँले बताउनुभयो।

कार्यक्रमममा बोल्दै नेपाल चीन साँस्कृतिक तथा शैक्षिक परिषदका अध्यक्ष डा.हरिशचन्द्र शाहले परिषदको स्थापना पश्चात दुवै मुलुकहरुबीचको सम्बन्धलाई साँस्कृतिक तथा शैक्षिक क्षेत्रबाट प्रगाढ बनाउन आफूहरु प्रयत्नसिल रहेको बताउनुभयो। विगतमा परिषदले चिनियाँ शैक्षिक प्रर्दशनी, नेपाली पर्यटन व्यवसायीहरुको लागि चिनियाँ भाषा कक्षा लगायतका कार्यक्रमहरु सफल रुपमा सञ्चालन गरिसकेको भन्दै अध्यक्ष शाहले आउँदा बर्षहरुमा नेपाल चीन मैत्रीको प्रवर्द्धनका लागि अन्य कार्यक्रमहरुको समेत आयोजना गर्ने जानकारी दिनुभयो। समारोहमा काठमाडौंस्थित चिनियाँ दूतावासका कर्मचारीहरु, अन्य चिनियाँ तथा नेपाली कलाकारहरुले नेवारी नृत्य, मैयुर नृत्य, झ्याउरे नृत्य लगायतका विविध साँस्कृतिक कार्यक्रमहरु मार्फत चिनियाँ नव वर्षलाई भव्यता दिएका थिए।


1 2
जानकारी तथा लेखहरु