फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचिङस्थित नेपाली दूतावासमा बुद्ध जयन्ती मनाइयो

(GMT+08:00) 2017-05-10 13:22:04

चीनका लागि नेपाली दूतावासमा आज मै १० बैशाख शुक्ल पूर्णिमाका दिन एक प्रार्थना कार्यक्रमको आयोजना गरी २५६१ औं बुद्ध जयन्ती मनाइयो।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै चीनका लागि नेपालका राजदूत लीलामणि पौडेलले गौतम बुद्धले विश्वमा फैलाएको अहिंसा, शान्ति, करूणा-मैत्री र सद्भावको सन्देश एवम ज्ञानलाई सबैले आत्मसाथ गर्नुपर्ने बताउनुभयो। साथै उहाँले आज नेपालको लुम्बिनीमा बुद्ध जयन्तीको अवसरमा लुम्बिनी दिवस मनाउने कार्यक्रम रहेको पनि जानकारी दिनुभयो। मन्तव्यमा नेपाल र चीनको सम्बन्धमा बुद्ध धर्मको महत्वपूर्ण भूमिका रहेको बताउँदै चीनको बेल्ट एण्ड रोड ईनिस्येटिभमा पनि बुद्ध धर्मको सिद्धान्तलाई अपनाएको बताउनुभयो।

1  2  
जानकारी तथा लेखहरु