फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचिङस्थित नेपाली दूतावासमा बुद्ध जयन्ती मनाइयो

(GMT+08:00) 2017-05-10 13:22:04

पैचिङस्थित

चिनियाँ बौद्ध धर्म संघका उपाध्यक्ष आदरणीय भिक्षु यान चुएले बेल्ट एण्ड रोड फोरम एक पेटी एक मार्ग सम्मेलन अघि नेपाली दूतावासले आयोजना गरेको यस कार्यक्रमले विश्व शान्ती तथा सम्मेलनमा पनि सकारात्मक प्रभाव पर्ने बताउनुभयो। साथै बौद्ध धर्म संघले नेपालमा भूकम्पपछि एक मिलियन युआन सहयोग गरेको जानकारी दिनुभयो। उहाँले अग्रदूत गौतम बुद्धको उपदेशलाई सदा आत्मसाथ गर्नसकोस् भन्ने कामना पनि व्यक्त गर्नुभयो।

सम्बोधनपश्चात् चिनियाँ बौद्ध धर्म संघका भिक्षु सम्मिलित टोलीले मन्त्रोच्चारणसहित बुद्धको प्रार्थना गरेका थिए।

त्यस पश्चात प्रसाद ग्रहणको कार्यक्रम थियो।

कार्यक्रममा श्रीलंका, म्यानमार र कम्बोडियाका राजदूतको उपस्थिति रहेको थियो।

चिनियाँ पात्रो अनुसार, शाक्यमुनि बुद्धको जन्मदिवस मै ३ तारिख परेको थियो र त्यस अवसरमा चिनियाँ बौद्ध धर्म संघले पैचिङ्गको लिङ्ग क्वाङ्ग मन्दिरमा एक कार्यक्रमको आयोजना गरेको थियो।

ईशा पूर्व ५६३ मा राजा सुद्धोधन र आमा मायादेवीको कोखबाट नेपालको लुम्बिनीमा जन्मिएका गौतम बुद्धले २९ वर्षको उमेरमा गृह त्याग गरी तपस्या गरे पश्चात् भारतको बोधगयामा बैशाख शुक्ल पूर्णिमाका दिन नै ज्ञान प्राप्त गरेका थिए र यसै दिन नै ८० वर्षको उमेरमा महापरिनिर्वाण प्राप्त गरेका थिए।


1  2  
जानकारी तथा लेखहरु