फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उपप्रधानमन्त्री महराको सम्मानमा नेपाली दूतावासद्वारा रात्रीभोजको आयोजना

(GMT+08:00) 2017-05-13 19:18:40

रात्रीभोजको अवसरमा उपप्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महराले आफ्नो मन्तव्य राख्ने कार्यक्रम रहेको छ।

मन्त्री महराको आइतबार 'अन्तर्राष्ट्रिय सहकार्यका लागि बेल्ट एण्ड रोड फोरम' शिखर सम्मेलनमा कनेक्टिभी अफ डेभलपमेन्ट पोलिसिज एण्ड स्ट्राटिजीज सम्बन्धी सत्रमा मन्तव्य राख्ने कार्यक्रम रहेको छ। साथै चीनको सहयोगमा स्याप्रुवेसी रसुवागढी सडक स्तरोन्नती र भूकम्पले विगारेका संरचनाको पुननिर्माणमा सहयोग सम्बन्धी सम्झौता र नेपाल–चीनबीच सीमापार आर्थिक विकाससम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर समेत गर्ने कार्यक्रम रहेको छ।

चीनले विकासमा सहकार्य भन्दै अघि बढाएको महत्त्वाकांक्षी योजना बीआरआईमा नेपाल हिजो शुक्रबार मात्रै औपचारिक सदस्य बनेको हो। उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरा र परराष्ट्रमन्त्री प्रकाशशरण महतको उपस्थितिमा सचिव शंकरदास बैरागी र नेपालका लागि चिनियाँ राजदूत यु होङले शुक्रबार बिहान बीआरआईको 'फ्रेमवर्क सम्झौता'मा हस्ताक्षर गरी उक्त अभियानमा सहभागिता निश्चित गरेको थियो।

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले सन् 2013 मा घोषणा गरेको 'बेल्ट एन्ड रोड' अवधारणाले चीन र एसिया, युरोप तथा अफ्रिकाबीच थल र जल मार्गबाट सडक, रेल, भौतिक पूर्वाधार निर्माण गरी आर्थिक विकास गर्ने लक्ष्य लिएको छ। यस बीआरआई अवधारणामा समुन्द्री तथा स्थल मार्ग गरी हालसम्म 65 देश चीनसँग जोडिसकेका छन्। अन्य एक सय वटा देश चीनको यस अवधारणामा जोडिन इच्छुक छन्।


1  2  
जानकारी तथा लेखहरु