फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको साउथ चाइना युनिभर्सिटी र नेपालबीच छात्रवृत्ति सम्झौता

(GMT+08:00) 2017-06-06 16:44:14

यो विश्वविद्यालय चीनको केन्द्रिय हुनान प्रान्तको सदरमुकाम छाङ्शामा रहेको छ। सम्झौतामा सेन्ट्रल साउथ विश्वविद्यालय र नेपालको स्वास्थ्य मन्त्रालयबीच सहयोग सम्बन्ध स्थापना नेपाली दूताबासले स्वास्थ्य मन्त्रालयको समन्वयमा मेधावी छात्रछात्रा सिफारिस गर्ने र विश्वविद्यालयमा नर्सिङ क्षेत्रमा अध्ययनका लागि वातावरण मिलाउने सिल्करोड परियोजना अन्तर्गत ब्याचलर्स मास्टरडिग्री र पिएचडीका विद्यार्थी तथा चिकित्साक्षेत्रमा कार्यरत व्यक्तिको आदानप्रदान गर्ने कुरा उल्लेख छ। सम्झौतामा हस्ताक्षर गर्दै चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले नेपालका लागि चीनले गरेको सहयोग अरु देशको तुलनामा फरक रहेको र सराहनीय रहेको बताउनुभयो। छात्रवृति परियोजनाका लागि अग्रसरता लिएका सो विश्वविद्यालयका डा विश्वास श्रेष्ठले रेलवे स्टडिज योजनाका लागि विश्वविद्यालयले पहल गरेमा प्रभावकारी हुनसक्ने औँल्याउनुभयो।


1  2  
जानकारी तथा लेखहरु