फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

क्वाङ्चौ र छन्दुमा नेपाली पर्यटन प्रवर्द्धन

(GMT+08:00) 2017-06-11 14:32:12

नेपालबाट आएका विभिन्न 32 पर्यटन व्यवसायी कम्पनीका प्रतिनिधिले चिनियाँ पर्यटन व्यवसायीसँग व्यापार साझेदारी सम्बन्धमा समेत छलफल गरेका थिए। कार्यक्रम आयोजना गर्न चीनको क्वाङतोङ प्रान्तीय जनसरकारले सहयोग गरेको थियो। क्वाङचौमा महावाणिज्य दूतावास खुलेपछि पहिलोपटक औपचारिक कार्यक्रम गरिएको हो।

गत बिहीबार यही प्रकारको पर्यटन प्रवद्र्धन कार्यक्रम चीनको सिचुवान प्रान्तको छन्दुमा समेत आयोजना गरिएको थियो। छन्दुको कार्यक्रममा सिचुवान प्रान्तीय जनसरकारका उपमहासचिव चावो वइफिङले आफ्नो प्रान्तबाट नेपाल भ्रमण गर्न चाहने चिनियाँ पर्यटकलाई आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।

सो अवसरमा राजदूत लीलामणि पौडेलले दुवै प्रान्तका उच्च चिनियाँ अधिकारीहरुसँग दुई पक्षीय वार्ता पनि गर्नु भएको छ।


1  2  
जानकारी तथा लेखहरु