फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कान्सु प्रान्तको काननान तिब्बती स्वायत्त प्रिफेक्चरमा गरिबी निवारणको नमूना

(GMT+08:00) 2017-06-20 15:24:26

लाचा जस्तै गरिबी निवारणको अर्को उदाहरणीय गाउँ हो ता साओ मा। यो गाउँमा तिब्बती जातिका घरहरु रातो रङमा देखिन्छन् भने हान जातिका घरहरु सेतो रङमा छन्। यहाँ 90 घरका 448 जना मानिसहरु बसोबास गर्छन्। यहाँ तिब्बती जाति, हान जाति, हुइ जाति, लगायतका विभिन्न जातिहरु मिलेर बसेका छन्। त्यसैगरी गरिबी निवारण भएको तेस्रो गाउँ हो चिहमा। यो गाउँ पनि अहिले पर्यटकीय स्थलका रुपमा विकसित भएको छ। तिब्बती संस्कृतिको संरक्षण गर्नका लागि यहाँ एउटा संग्रहालय पनि निर्माण हुँदैछ भने होमस्टेका रुपमा कलात्मक घरहरु पनि बनिरहेका छन्।

1  2  3  
जानकारी तथा लेखहरु