फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एसियाली पूर्वाधार बैंकको सबा खर्ब लगानी प्रतिबद्धता

(GMT+08:00) 2017-06-20 15:43:42

बैंकले काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणालीमा सुधार, मधेसको बस्ती विकास तथा व्यवस्थित सहरीकरण, काठमाडौंदेखि नुवाकोटसम्म निर्माण गरिने सुरुङ मार्ग, पोखरा-बेनी-जोमसोङ सडक स्तरोन्नति, ९३ मेगावाटको सारदा बबई जलविद्युत् आयोजना र तामाकोसी पाँचौं जलविद्युत् आयोजनामा लगानी गर्ने प्रतिबद्धता जनाएको अर्थमन्त्री कार्कीले जानकारी गराउनुभयो। काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणालीको सुधार परियोजनामा बैंकले १० अर्ब लगानी गर्ने बताएको छ। मन्त्री कार्कीका अनुसार यो परियोजनामा केही महिनाभित्रै बैंकले रकम उपलब्ध गराउनेछ। यो परियोजनाको पनि विस्तृत परियोजना प्रतिवेदनको काम अन्तिम चरणमा पुगेको अर्थसचिव शान्ताराज सुवेदीले जानकारी दिनुभयो।

यसैगरी, प्रस्तावित आयोजना काठमाडौंको सामाखुसीदेखि नुवाकोटको छहरेसम्मको सडक स्तरोन्नतिका लागि बैंकले २६ अर्ब लगानी गर्ने प्रतिबद्धता जनाएको मन्त्री कार्कीले जानकारी दिनुभयो। पोखरादेखि बेनी हुँदै जोमसोमसम्मको सडक स्तरोन्नति गर्न १६ अर्ब, ९३ मेगावाट क्षमताको सारदा बबई जलविद्युत् आयोजनामा २० अर्ब लगानी गर्ने बताएको उहाँले जानकारी दिनुभयो। नेपाल विद्युत् प्राधिकरणले बनाउने भनेको ८७ मेगावाटको तामाकोसी पाँचौंमा पनि बैंकले १८ अर्ब लगानी गर्ने जनाएको छ।

एसियाली पूर्वाधार लगानी बैंकले लगानी गर्ने प्रतिबद्धता जनाएका परियोजना राष्ट्रिय महत्वका हुन्। कछुवा गतिमा अगाडि बढिरहेका परियोजनामा बैंकले उल्लेख्य लगानी गर्ने भएपछि निर्माण कार्यले पनि चुस्तता पाउने सम्भावना बढेको छ।


1  2  
जानकारी तथा लेखहरु