
पैचिङ्गको उत्तरी भागमा लगभग दुई सय किलोमिटर दूरीमा चौहत्तर हजार सात सय हेक्टर क्षेत्रफल भएको र विश्वको सबैभन्दा ठूलो क्षेत्रफलको सामुदायिक जङ्गल रहेको छ। यो ह पै प्रान्तको साइ हान पा राष्ट्रिय बन क्षेत्र हो। विगत आधा शताव्दीयता साइ हान पाका विभिन्न पुस्ताका मानिसहरूले सो ठाउँमा रहेको मरुभूमि क्षेत्रलाई हराभरा वन बनाउने आश्चर्यजनक सिर्जना गरेको मात्र नभई बन क्षेत्र र वरिपरिको अर्थतन्त्र र समाजको हरित विकासलाई पनि साकार तुल्याएका छन्।
1 2 3