फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमान्डौमा चिनियाँ किताब तथा चिनियाँ संस्कृतिको पर्दशनी

(GMT+08:00) 2017-08-26 18:15:39

कार्यक्रममा विभिन्न विद्यालयका बालबालिका तथा चिनियाँ भाषा, संस्कृति सम्बन्धी रुचि राख्ने मानिसहरुले पर्दशनमा उत्साहजनक सहभागिता जनाइरहेका छन् । चिनियाँ सिनेमा, किताब लगायत सांस्कृतिक सामानहरु पर्दशनीमा राखिएको छ । कार्यक्रममा सहभागी भएर आफुहरुले चिनको बारेमा विभिन्न पुस्तक, सामागी, र चिनियाँ संस्कृतिको बारेमा सिकेको बताउनुहुन्छ प्रदर्शनीमा सहभागी प्रभास चन्द्र पङगेनी ।

नेपाल र चिन छिमेकी मुलुक हुन् । यस कारणले गर्दा पनि यी दुइ देश विच भाषा, संस्कृति साटासाट कार्यक्रम, संस्कृति पर्दशनी कार्यक्रम निकै महत्वपुर्ण रहेको छ ।नेपालमा चिन जाने युवाहरुको संख्या बढ्दो क्रममा रहेको कारण पनि यी कार्यक्रम नेपालमा निकै लाभदायी रहेका छन् ।। त्यसैले पनि आगामी दिनमा हुने यस्ता कार्यक्रम ज्यादा भन्दा ज्यादा सहभागिता मुलक बनाउन र उपलब्धी मुलक बनाउन प्रचार प्रसार र जनचेत्ना हुनु जरुरी देखिन्छ ।


1  2  3  
जानकारी तथा लेखहरु