फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वसन्त चाडको छैटौँ दिनको चलन

(GMT+08:00) 2018-02-21 13:05:53

आज चीनको परम्परागत पर्व वसन्त चाडको छैटौँ दिन हो। आज वसन्त चाडका लागि सरकारी विदाको अन्तिम दिन पनि हो। चिनियाँ परम्परागत चलनबमोजिम छैटौँ दिनमा धेरै रमाइलो रीतिरिवाज छन्।

चिनियाँ पात्रोअनुसार नयाँ वर्षको पहिलो महिनाको छैटौँ दिनलाई छु ल्याउ भनिन्छ। चिनियाँ भाषामा छुको अर्थ सुरुवाद र ल्याउको अर्थ छ र छैटौँ हो। नेपाली तिहार चाडजस्तै वसन्त चाडको छैटौँ दिन"घोडा दिन"पनि मानिन्छ। चीनको छिन र हान राजवंशदेखि यस्ता चलन छ-नयाँ वर्षको पहिलो महिनामा पहिलो दिन कुखुरा दिन, दोस्रो दिन कुकुर दिन, तेस्रो दिन सुगुर दिन, चौथो दिन भेडा दिन, पाँचौँ गाई दिन, छैटौँ दिन घोडा दिन र सातौँ दिन मानव दिन मानिँदैआएको छ।

1  2  3  
जानकारी तथा लेखहरु