फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वसन्त चाडको छैटौँ दिनको चलन

(GMT+08:00) 2018-02-21 13:05:53

चिनियाँ पौराणिक कथाअनुसार, न्यु वा नामकी एउटी देवीले आफ्नो आकारबमोजिम मानिस बनाएकी थिइन्। तर मानिस बनाउनुअघि उनले यी छ प्रकारका जनावर बनाएकी थिइन। त्यसैले यी छप्रकारका जनावर पशुपालनका लागि मुख्य छ जनावर हुन्।

नयाँ वर्षसँगै घरमा सौभाग्यको बास रहेको हुन‍छ भन्ने मानिसहरुमा विश्वास रहेको छ। तसर्थ छ दिनसम्म घरलाई सफा गर्नु हुँदैन यदि सफा गरेमा घरबाट सौभाग्य पनि जान्छ भन्ने विश्वास छ। त्यसैले पहिलेको चलनमा वसन्त चाडको पहिलो दिनदेखि पाँचौं दिनसम्म घर-आवासको सफा नगर्ने चलन रहेको छ। वसन्त चाडको छैटौँ दिनसम्म पर्खेर मान्छेहरुले घर-आवासको सफा पनि गर्न थालेका छन्। प्राचीन कालमा मान्छेहरुले बाहिर फोहोर सामग्री र पूरानो लुगा आगो लगाएर गरिबी हटाउने चलन पनि थियो। चीनका केही भागमा खाना तयार गर्नुका साथै केराको पातमा डुङ्गाको आकार बनाएर गरिबीको देवतालाई बाहिर पठाउने रीतिरिवाज पनि छ।

त्यसका साथै मान्छेहरुले कार्य वा व्यापार जस्ता शुभकार्य गर्न थाल्छन्। वसन्त चाडको विदा समाप्त भएर बजार र रेस्टुरेन्टहरु छैटौँ दिनदेखि खुलेर व्यापार सुरु गर्छन्। नयाँ वर्षमा व्यापार राम्रो हुने शुभकामना दिन र पाहुनालाई आकर्षित गर्नका लागि रमाइलो पटका पड्काउने चलन थियो। तर हिजोआज सुरक्षाका कारण वा प्रदूषण बढ्ने डरले यस्ता पहिलेको चलनलाई राजधानी पैचिङ्ग लगायतका केही ठूला शहरहरुमा निषेध गरिएको छ। किसानहरुले पनि यसै दिनदेखि खेतीमा तयारी गर्न थाल्ने गर्छन्।

1  2  3  
जानकारी तथा लेखहरु