फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वाढी पीडित नेपालीलाई चिनियाँ सहयोग वितरण

(GMT+08:00) 2018-03-26 16:22:26

         काठमाडौँमा सोमबार आयोजित सो समारोहमा नेपालका लागि चिनियाँ राजदूत यु होङले नेपालका वाढी पीडितलाई सहयोग गर्नु चीनको कर्तव्य भएको बताउनुभयो। नेपालको पूर्वी तराई क्षेत्रका धनुषा महोत्तरी लगायत सातवटा जिल्लाका ३१ हजारभन्दा बढी व्यक्ति गत वर्षात्‌मा गएको वाढीबाट पीडित भएको उल्लेख गर्दै सो समयमा ठूलो मात्रामा जनधनको क्षति पुगेकाले चीनले तत्कालै सहयोग उपलब्ध गराएको बताउनुभयो। चीनले दक्षिण दक्षिण सहयोग अन्तर्गत नेपालका प्राकृतिक प्रकोप पीडितलाई सहयोग उपलब्ध गराएको उहाँले स्पष्ट पार्नुभयो।

1  2  3  4  5  6  
जानकारी तथा लेखहरु