फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सी चिन फिङः"शाङ्गहाई भावना"को प्रसार भाग्य समुदायको निर्माण

(GMT+08:00) 2018-06-10 12:23:03

३.शाङ्गहाइ सहयोग संगठनले आविष्कार, मध्यस्थता, हरित विकास, खुलापन तथा संयुक्त उपभोग समेटिएको विकसित धारणा बोक्नुपर्ने बताउँदै राष्ट्राध्यक्ष सीले खुलस्त, पारस्परिक आवतजावत, आपसी हित तथा संयुक्त विकास समेटिएको सहयोगी धारणा बोक्नुपर्ने कुरामा जोड दिनुभयो। उहाँले समानता, अनुभव आदानप्रदान, वार्ता तथा सहनशीलता समेटिएको सभ्य धारणासँगै संयुक्त सल्लाह, निर्माण तथा उपभोग समेटिएको विश्वव्यापी व्यवस्थापन धारणा लिनुपर्ने ‌औँल्याउनुभयो।

४. चीनका राष्ट्राध्यक्ष सी चिन फिङले शाङहाई सहयोग संगठनको भाग्य समुदायको सिर्जना गर्ने, नयाँ ढाँचाको अन्तर्राष्ट्रिय सम्बन्धको स्थापना अगाडि बढाउनेबारे पाँच सूत्रीय प्रस्ताव प्रस्तुत गर्नुभएको छ। ती पाँच सूत्रीय प्रस्ताव यस प्रकार छन्:

पहिलो एकता र पारस्परिक विश्वासको ठूलो शक्तिलाई मिलाएर छिङताउ धोषणा-पत्र, दीर्घकालीन अशल छिमेकी मैत्रीपूर्ण सहयोग सन्धिको कार्यान्वयन कार्यक्रमआदि दस्तावेजलाई चौतर्फी रुपमा व्यवहारमा उतार्नुपर्छ।

दोस्रो, "उग्रवाद, पृथकतावाद र आतंकवाद"माथि प्रहार गर्ने सहयोगात्मक कार्यक्रम 2019-2021 लाई सक्रियताका साथ व्यवहारमा उतार्ने, प्रतिरक्षा, कानुनी कार्यान्वयन, सूचनाको सुरक्षाको सहयोगलाई सबल पार्नुपर्छ।

तेस्रो, साझा विकास र समृद्धिको सशक्त इन्जिन खडा गर्नुपर्छ।

चौथो, जनस्तरको आदान-प्रदान र सहयोगको साझा पेटीलाई अझै घनिष्ट बनाउनुपर्छ।

पाँचौं, अन्तर्राष्ट्रिय सहयोगको साझेदारी सञ्जाललाई संयुक्त रुपमा विस्तार गर्नुपर्छ।


1  2  
जानकारी तथा लेखहरु