फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पन्ध्रौं चीन अन्तर्राष्ट्रिय साना तथा मझौला व्यवसाय एक्स्पो

(GMT+08:00) 2018-10-18 09:48:22

       यस एक्स्पोमा"एक पेटी एक मार्ग"सम्बन्धी विशेष कार्यक्रम अर्थात् सन्2018 मध्य पूर्वमा प्रवेश भन्ने शीर्षकको कार्यक्रममा संयुक्त अरब इमिरेट्स, ओमन, सुडान, जोर्डन, ट्युनिशिया, मोरक्को, लेबनान, प्यालेस्टाइन लगायत मध्य पूर्वी क्षेत्रका 47 वटा वाणिज्य समितिले लगभग तीन सय चिनियाँ व्यवसायी प्रतिनिधिसँग छलफल गर्दै अनेकन सहयोगात्मक सम्झौता गरेका छन् भने जम्मा गरी 12 करोड अमेरिकी डलर आयात निर्यात व्यापार रकम भएको देखिन्छ।

      पन्ध्रौं चीन अन्तर्राष्ट्रिय साना तथा मझौला व्यवसाय एक्स्पोको अवधिमा आयोजना भएका नौ वटा अन्तर्राष्ट्रिय वाणिज्य प्रचारप्रसार कार्यक्रमले विदेशी प्रतिनिधि मण्डलका लागि प्रभावकारी सम्पर्क मञ्च सिर्जना गरेको छ। संयुक्त अरब इमिरेट्स, दक्षिण अफ्रिका, श्रीलंका, नेपाल, दक्षिण कोरिया, मलेशिया, चीनको हङकङ र ताइवान क्षेत्रबाट आएका दशौं विशेषतायुक्त व्यवसायले आ-आफ्ना विशेषतायुक्त उत्पादन वस्तु देखाउनुका साथै चिनियाँ व्यवसायसँग दुई करोड चिनियाँ युआनको व्यापार रकम सिर्जना गरेको देखिन्छ।

1  2  3  4  
जानकारी तथा लेखहरु