
चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङकी श्रीमती एवम विश्व स्वास्थ्य संगठनकी क्षयरोग र एड्स प्रतिरोध सद्भावना दूत फङ लि य्वानले हिजो ५ तारिख शाङहाइमा अमेरिकी गेट्स कोषका संघीय अध्यक्ष बिल गेट्ससँग भेटवार्ता गर्नुभएको छ।
श्रीमती फङका अनुसार पछिल्लो समय गेट्स कोषले सशक्त रुपमा गरिबी न्यूनिकरण गर्दैआएको छ र साथै चिकित्सा तथा स्वास्थ्य क्षेत्रमा लगानी लगाउँदै चीनका संस्थासँगको सम्बन्धलाई कायम राख्दै आएको छ। एड्स प्रतिरोध, गरिबी उन्मूलन, सारा विश्वको स्वास्थ्य क्षमताको निर्माण आदि क्षेत्रमा गेट्स कोषले चीनसँग प्रभावकारी रूपमा सहयोग गरेको देखिन्छ। वर्तमान चीनले स्वस्थ चीनको निर्माणका लागि प्रयास गर्दै सक्रिय रुपमा विश्वको स्वास्थ्य कार्यमा भाग लिँदै आएको छ। गेट्स कोषले निरन्तर रुपमा चीनसँगको द्विपक्षीय सहयोगलाई मजबुत बनाउँदै जाने पक्षलाई चीनले समर्थन दिँदै जाने छ।
1 2