फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाली दूतावासलाई तेस्रो पुरस्कार

(GMT+08:00) 2019-12-10 17:19:03

नेपाली दूतावासका द्वितिय सचिव श्रुती कडरियाको नेतृत्वमा बेइजिङ नर्मल युनिभर्सिटीका विद्यार्थीहरूलाई दुर्गालाल श्रेष्ठको शब्द र न्ह्यु बज्राचार्यद्वारा सङ्गीतबद्ध राष्ट्रिय गीत सय थरि बाजा एउटै तालको धुनमा राष्ट्रिय झण्डासहित विभिन्न जातीय पहिरनमा मञ्चमा प्रवेश गर्नेबित्तिकै उपस्थित दर्शकले तालीले स्वागत गरेका थिए। विद्यार्थीहरू सुरज क्षेत्री, निरोज बोगटी, भक्त बहादुर तामाङ, रोमी महर्जन, सदिक्षा न्यौपाने, करिश्मा महर्जन र स्रेया महर्जनले कुमारीको पहिरनसँगै नेपालको हिमाल, पहाड र मधेसका जातीय पहिरनसँगै नृत्य समेत प्रस्तुत गरेका थिए।

कार्यक्रमको आरम्भमा मन्तव्य राख्दै चीनका लागि नेपालका राजदूत लीलामणि पौड्यालले देशविदेशका विभिन्न संस्कृतिलाई कदर र सम्मानका साथै त्यसमा समाहित सुन्दरतालाई अङ्गाल्ने यस्ता कार्यक्रमको आयोजना सराहनीय भएको बताउनुभएको थियो। भौगोलिक विविधताको देश नेपालमा १२५ वटा भाषा बोलिने र १०० भन्दा धेरै जातिहरू सौहार्दपूर्वक बस्दैआएको पनि उहाँले बताउनुभयो। कार्यक्रममा सहभागी देशका राजदूत, कूटनीतिज्ञ तथा दूतावास कर्मचारीहरूको उपस्थिति थियो।

1  2  3  
जानकारी तथा लेखहरु