फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाली दूतावासलाई तेस्रो पुरस्कार

(GMT+08:00) 2019-12-10 17:19:03

चीन, नेपालसहित १२ वटा देशको सहभागिता रहेको उक्त प्रतियोगितामा चीन आयोजकको रूपमा मात्र सहभागी थियो। प्रतियोगितामा यूक्रेन पहिलो, रूस दोस्रो र नेपाल तेस्रो भएको हो। अरू सहभागी देशमा गत वर्षको विजेता बेलारूस, बुल्गेरिया, ईरान, पाकिस्तान, ताजिकिस्तान, उज्बेकिस्तान, अरबेली मुलुक समुह, र भियतनाम थियो। सहभागी कूटनीतिज्ञ, विद्यार्थी तथा पेसाकर्मीहरू सबैले आआफ्नो देशको प्रतिनिधित्व गर्दै पहिरन र रीतिरिवाज र नृत्य प्रस्तुत गरेका थिए। प्रत्येक सहभागी देशलाई प्रदर्शनका लागि आठ मिनेट दिइएको थियो। पहिलो पुरस्कार जितेको यूक्रेनले क्रिसमससँग जोडेको संस्कृति प्रस्तुत गरेको थियो। रूसेली समुहको नृत्यले उपस्थित सबैको मन जितेको थियो।

उक्त नवौं कूटनीतिज्ञ राष्ट्रिय पोशाक प्रतियोगिताको आयोजना ओरियन्टल सनसाइन ईन्टरनेशनल मिडिया र डिप्लोमेट म्यागाजिनले संयुक्त रूपमा गरेको हो। नेपालको यस वर्षसहित तेस्रो पटक सहभागी भएको दूतावासले जनाएको छ। दुई वर्षअघिको प्रतियोगितामा राजदूत पौड्याल स्वयम राष्ट्रिय पोशाकमा सुसज्जित भएर मञ्चमा 'कल्चरल वाक' गरेका थिए।

-अजय अलौकिक


1  2  3  
जानकारी तथा लेखहरु