
अन्तर्राष्ट्रिय आधिकारिक चिकित्सा पत्रिका लान्सेटका सम्पादक रिचार्ड होर्टनले हालै चाइना मिडिया ग्रुपलाई अन्तर्वार्ता दिंदै अमेरिकाले समस्त फेब्रुअरी र मार्चको शुरुआतको समय खेर फालेको विचार व्यक्त गर्नुभएको छ।
आश्चर्यको कुरा के हो भने ती अमेरिकी राजनीतिज्ञले जोडतोडसँग रोग निवारणको कमजोरीलाई सबल पारेका छैनन्, बरु अधिकांश झुट बोलेर चीनमाथि विभिन्न आरोप लगाउँदै आएका छन्। उनीहरूले तथाकथित अन्तर्राष्ट्रिय छानबीनमार्फत चीनलाई दोषी बनाउन त्यो निहुँ खोजेर अमेरिकी रोग निवारणलाई अझ कमजोर र विफल भएको तथ्य कुरालाई लुकाउन खोजेका छन्। त्यसैगरी पूरै विश्वमा रोग फैलावट हुने अमेरिकाले बेहोर्नुपर्ने जिम्मेवारीलाई पनि पन्छाउन खोजेका छन्।
विश्वमा रोग फैलावट हुने अवस्थामा अमेरिकाले के कस्तो जिम्मेवारी लिनुपर्ने हो? त्यो अन्तर्राष्ट्रिय समाजले छानबीन गर्नुपर्छ।
1 2 3