फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भविष्य हाम्रै हो लेखकः खड्गबहादुर राई वानशउ होटल बेजिङ २०७५/१२/१९

(GMT+08:00) 2020-05-09 17:16:05

 

कहाँ गएर ज्ञानको भोक मेटिन्छ

थाहै भएन

आफ्नो गाउँ छोडी राजधानी गएँ

यात्रै पुगेन

जेट विमान चढेर लम्बे यात्रामा

पानी पिउदा पनि प्यासै मेटिएन

जब मित्र देशको ठुला साना शहर

अनि गाउहरु घुम्न थालियो

अलि अलि रुप र रस पनि भेटियो

साना ठुला भेटवार्ताहरुले

ज्ञानको प्यास मेट्न थालियो ।

समृद्व बेजिङ झै

काठमाण्डौ पनि उठ्न खोज्दै छ

५ तले सफल चिन सरी

नेपाल पनि ३ तलामा जुट्दैछ ।

नयाँ चाइनामा बानी पनि नौलै रहेछ

तर नयाँ नेपालको पुरानाो चिन्तनप्रति

इमान्दारीताको चिन्ता छ,

त्यसैले त,

कहिले काहीँ लागेको भोकमा प्यास थपिन्छ

इकोलोजिकल पार्कभित्रै

हराइन्छ कि जस्तो लाग्छ

अवाक र सन्देशहिन भइन्छ कि

कता कता डर लाग्छ ।

तर,

सँगसगै हिड्ने सहयात्रीहरुको

साहसिलो र गर्विलो वचनहरु सुन्दा

त्यसैत्यसै दीर्घायु भए जस्तो लाग्छ

मर्न लागेको आशाहरु पनि

आफै टुसाए झै लाग्छ

पेट खाली भए पनि

अघाएकै अनुभूति हुन्छ

आफ्नै मनका सपनाहरु

समृद्ध शहरका गगनचुम्बी महल सरी

ठडिन खोज्छ

बुलेट ट्रेन र जेट विमान झै

दौडन खोज्दछ

विकसित शहरको सडक सञ्जालमा

आफ्नो बाटो भेटिए जस्तो लाग्छ

बल्ल थाहा भो,

खोज्दै जादा हामीलाई

खोला नदी र समुद्रले छेक्दोरहेनछ

डाडा पहाड र सिमानाले पनि रोक्दोरहेनछ ।

आउँ सङ्कल्प गरौ,

हाम्रो जित हुनेछ ।

ग्रेटवालको सिढी उक्लिए झै

अघि बढ्दै जाउ

सफलताको शिखरमा पुगिछाडौ ।

अनेक रुप र गन्तव्यका यात्रीहरुलाई

सगसगै अघि बढाउ

भविष्य हाम्रै हो,

आजै र आफैबाट शुरु गरौ ।

धन्यवाद ।

1  2  
जानकारी तथा लेखहरु