फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वु हानको प्रसिद्ध 'ब्रेकफास्ट' पसल पुन:संचालन

(GMT+08:00) 2020-05-25 10:24:43

चिनियाँ नयाँ वर्षको पूर्वसन्ध्यामा पसल बन्द गर्ने र चिनियाँ पात्रोको पहिलो महिनाको आठौं दिनमा पसल खोल्ने नियम यस पसलले विगत बीस वर्षदेखि पछ्याइरहेको चलन हो। तथापि कोरोना भाइरसको कारण चालू वर्षको पहिलो महिनाको आठौं दिनमा पसल खोल्न पाइएन।

हामी धेरै चिन्तित थियौं। हरेक कर्मचारी घरमा बसेपछि उनीहरुको आम्दानी भएन। हाम्रो पसलको प्रत्येक महिनाको भाडा दश हजार चिनियाँ युआनभन्दा बढी छ। एक दुई महिनासम्म पसल बन्द हुँदा हाम्रो पसलका लागि ठूलो क्षति भयो। तर हामीले सरकारलाई दुःख दिएका थिएनौं, बरु हामीले आफूलाई बचाएका थियौं। हामीले सुरक्षा कार्यलाई सक्दो रूपमा राम्रोसँग गरेपछि पसल पुन:संचालन गरेका छौं।

चाउ यौ चलाई खुसी लागेको कुरा के हो भने बन्दको अवधिमा पनि धेरै ग्राहकहरुले उनलाई टेलिफोन गरी सोधपुछ गरेको थियो जसले ग्राहकहरुको मनमा पसल रहेको दर्शाउँछ।

चालू वर्षको पहिलो महिनाको आठौं दिन हाम्रो पसल बन्द थियो। तर हरेक दिन ग्राहकहरुले हामीलाई फोन गरेका थिए। शुरुमा हरेक दिन आठ नौ जनाको फोन आउने गर्थ्यो। र एक महिनापछि हरेक दिन कम्तीमा चालीस पचास फोन आउन थाल्यो। उनीहरुले हामीलाई पसल कहिले खोल्ने विषयबारे सोधेका थिए र हामीले पनि जानकारी दिएका थियौं। ग्राहकहरुलाई हाम्रो तातो नूडल्स मन पर्छ।

महामारीको अवधिमा चाउ यौ चले हरेक दिन समाचार हेर्ने बानी बसालेकी छिन्। वु हान शहरमा हरेक दिन नयाँ थपिने संक्रमितहरुको संख्या दश भन्दा कममा झरेपछि उनलाई पसल पुन:संचालन गर्ने दिन पनि नजिक आइरहेको लागेको थियो। पुन:काम गर्ने नीति तर्जुमा गर्ने वित्तिकै उनले पहिला पसल पुन:संचालन गर्ने प्रतिवेदन लेखेकी थिइन्।

सरकारले हामीलाई समर्थन गरेको छ। मेरो प्रतिवेदनलाई दुई तीन दिन भित्र स्वीकृति प्रदान गरिएको थियो। र त्यसपछि हामीले तयारी काम गरेका थियौं।

घरमा धेरै समयसम्म बसेपछि बाहिर केही खाजा खान मन लाग्छ।

मेरो घरका वृद्ध-वृद्धाले यहाँको नुडल्स मन पराएकाले मैले उहाँहरुका लागि केही किनमेल गरेको छु।

भविश्यप्रति चाउ यौ चलाई कुनै चिन्ता छैन।

पुन:संचालनपछि हाम्रो पसलका लागि कुनै चिन्ता छैन। किनभने हाम्रो पसल केहस् प्रख्यात छ। ग्राहकहरुले लामो समयदेखि हाम्रो नुडल्स नखाएको कारण उनीहरुलाई फेरि खान मन लाग्ने छ। हामी अझै प्रयास गर्नेछौं र हामीमा आत्मविश्वास छ।


1  2  
जानकारी तथा लेखहरु