फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

महामारी प्रतिरोधात्मक भावना नै चिनियाँ जनताले बोझिलो बोझ बोके पनि अगाडि हिँड्नसक्ने सशक्त शक्ति

(GMT+08:00) 2020-09-08 20:44:29

 कोभिड-१९ प्रतिरोध सम्मान समारोह आज सेप्टेम्बर ८ तारिख बिहान दश बजे पैचिङको जन वृहत् सभा भवनमा आयोजना भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिन फिङले राष्ट्रिय पदक प्राप्त गरेका सम्माननीय व्यक्तिहरूलाई पदक प्रदान गर्नुका साथै महत्त्वपूर्ण सम्बोधन पनि गर्नु भएको छ।

राष्ट्राध्यक्ष सीले आफ्नो सम्बोधनमा चीनले महामारीको प्रतिरोध गर्ने संघर्षपूर्ण प्रक्रियाको पुन:सिंहावलोकन गर्नुका साथै त्यस संघर्षमा देखाइएको प्रतिरोधात्मक भावनाको उच्च मूल्याङ्कन गर्नुभएको छ। उहाँको सम्बोधनले चीनको महामारी प्रतिरोधात्मक संघर्षको अनुभवबाट निचोड निकाल्नुका साथै विश्व महामारी प्रतिरोध र नियन्त्रणका लागि पनि गहिरो सोच पनि प्रदान गरेको छ।

महामारी भोगिरहेको अवधिमा ती बहादुरका नामलाई हजारौं चिनियाँ जनताले सम्झिरहेका छन्। साथै उहाँहरूको घतलाग्दो कथाले पनि चीनको कोभिड-१९ प्रतिरोधात्मक भावनाको राम्ररी ब्याख्या गरेको छ। राष्ट्राध्यक्ष सीले सम्बोधन गर्दै "जनता" र "प्राण" भन्ने यी दुई शब्दलाई पनि धेरैपटक चर्चा गर्नुभएको छ।

1  2  
जानकारी तथा लेखहरु