फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

महामारी प्रतिरोधात्मक भावना नै चिनियाँ जनताले बोझिलो बोझ बोके पनि अगाडि हिँड्नसक्ने सशक्त शक्ति

(GMT+08:00) 2020-09-08 20:44:29

राष्ट्राध्यक्ष सीका अनुसार, कोभिड-१९ सयौं वर्षयता विश्वमा उत्पन्न भएको सबैभन्दा गम्भीर महामारी हो। नयाँ चीनको स्थापनायता चीनमा प्रसारण गति सबैभन्दा द्रूत, संक्रमित परिमाण सबैभन्दा व्यापक र रोकथाम तथा नियन्त्रण सबैभन्दा गाह्रो भएको आकस्मिक सार्वजनिक स्वास्थ्य घटना हो। कोरोना भाइरसबाट चिनियाँ जनताको ज्यान र स्वास्थ्यमा गम्भीर धम्की देखिएको छ। आफ्नो सम्बोधनमा राष्ट्राध्यक्ष सीले चीनले सधैं नै जनता र ज्यानलाई पहिलो स्थानमा राखेर कोरोना भाइरसविरूद्धको युद्धमा लागिरहेको बताउनुभयो। चीनले एक महिनामा कोभिड-१९ फैलिने प्रवृत्तिलाई रोकेर लगभग दुई महिनामा चीनको मुख्य भूमिमा दैनिक नयाँ थपिने संक्रमित संख्या दश जना भन्दा मुनि नियन्त्रण गरी तीन महिनामा वुहान र हुपै प्रान्तमा महामारीको नियन्त्रण गरेको राष्ट्राध्यक्ष सीको सम्बोधनमा उल्लेख गरिएको छ। यसको आधारमा चीनले स्थायी रूपमा कोभिड-१९को प्रतिरोध कार्यलाई अघि बढाउँदै आर्थिक सामाजिक विकास कार्यलाई पनि घच्घच्याएको र चीनले उत्पादन तथा जीवनको परिपाटीलाई सामान्य बनाइ अघि बढ्दै गरेको र फलदायक रहेको पनि उहाँले बताउनुभएको छ। चीनको कोभिड-१९ विरूद्धको युद्धबाट चिनियाँ भावना, चिनियाँ शक्ति र चीनको जिम्मेवारी लिने छवि प्रस्तुत भएको पनि राष्ट्राध्यक्ष सीले बताउनुभएको छ।


1  2  
जानकारी तथा लेखहरु