
चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अक्टोबर १ तारिख संयुक्त राष्ट्र संघ महासभाको पैचिङ विश्व महिला सभा आयोजना गरिएको २५ औँ वार्षिकोत्सवको उच्चस्तरीय सम्मेलनमा भिडियोमार्फत महत्वपूर्ण सम्बोधन गर्नुभएको छ।
आफ्नो सम्बोधनमा राष्ट्राध्यक्ष सीले नयाँ कोरोना महामारीको प्रतिरोध गर्ने पहिलो पंक्तिमा कार्यरत् अधिकांश महिला चिकित्साकर्मी, महामारी नियन्त्रण गर्ने महिला कामदार, वैज्ञानिक र प्राविधिक महिला, आबास क्षेत्रका महिला कर्मचारी र स्वयम सेविकाहरूको निकै प्रशंसा गर्ने कुरामा जोड दिनुभएको छ। त्यस क्रममा उहाँले पुरुष र महिलाबीच समान हुने कुरा चीनको आधारभूत राष्ट्रिय नीति रहेको कुरामा जोड दिनुभएको छ।
1 2 3 4