फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल र चीनबीचका सम्झौता कार्यान्वयनको समय आएको नेपालका प्रमको भनाइ

(GMT+08:00) 2020-10-21 17:01:15

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सीमापार रेलवे सञ्चालन र पूर्वाधार विकाससहित सम्पर्क सञ्जालका परियोजनामा नेपाल र चीनबीच भएका आपसी सम्झौताको व्यावहारिक कार्यान्वयनको समय आएको बताउनु भएको छ। हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल सहयोग सम्बन्धमा नेपाल र चीनका राजनीतिक दलबीचको संयुक्त परामर्श संयन्त्रको भर्चुअल रुपमा मंगलबार आयोजित पहिलो बैठकको सफलताको कामना गर्दै प्रधानमन्त्री ओलीले दुई देशका जनताको आपसी लाभका लागि बेल्ट एण्ड रोड इनिसियटिभमा नेपालले सन् २०१७ मा हस्ताक्षर गरेको स्मरण गर्नु भएको राष्ट्रिय समाचार समितिले लेखेको छ। बैठकमा प्रधानमन्त्रीको उक्त लिखित सन्देश राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गर्नु भएको थियो।

प्रधानमन्त्री ओलीले पछिल्ला वर्ष चीनका राष्ट्राध्यक्ष सी चिनफिङको नेपाल र नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको चीनको राजकीय भ्रमणले आपसी सम्बन्धलाई रणनीतिक साझेदारमा रुपान्तरण गर्न योगदान गरेको बताउँदै परस्पर सम्मान, विश्वास र सहकार्यमा दुई देश र यहाँका पार्टीबीचको सम्बन्धी रहिआएकाले आगामी दिनमा अझ विस्तार हुने जनाउनुभयो। उहाँले आफ्नो नेतृत्वको वर्तमान नेकपा कम्युनिष्ट पार्टी (नेकपा) को सरकार स्थायित्व र विकासका साथै 'समृद्ध नेपाल सुखी नेपाली'को राष्ट्रिय आकाङ्क्षालाई व्यवहारमा सार्थक तुल्याउन लागिपरेको पनि उल्लेख गर्नुभयो।

1  2  
जानकारी तथा लेखहरु