
"शान्तिपूर्ण सहअस्तित्वलगायत पञ्चशीलका सिद्धान्तका आधारमा नेपाल एक चीन नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको छ। चीनले पनि नेपालको सार्वभौमसत्ता र सार्वभौमिकतामा सदैव सम्मान गरेको छ ", प्रधानमन्त्री ओलीले भन्नुभयो, "चीनले अरुको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीति लिनाले चीन नेपालको विश्वासिलो र भरपर्दो साझेदार बनेको छ।"
सम्मेलनमा राष्ट्रपति भण्डारीले पठाएको सन्देश पनि प्रस्तुत गरिएको थियो। कार्यक्रममा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महत, जनता समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराई तथा चीनका तर्फबाट उच्चस्तरीय प्रतिनिधिले सम्बोधन गरी दुई देशबीचको सम्बन्ध र साझेदारीलाई थप प्रभावकारी बनाउन साझा मत व्यक्त गरिएको थियो।
1 2