फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौं र छङ्तु सहरबीचमा भगिनी सम्बन्ध स्थापना

(GMT+08:00) 2016-12-24 15:10:31

तत्कालीन प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको क्रममा नै दुई सहरबीच भगिनी सम्बन्ध स्थापित गर्ने निर्णय भएको थियो। त्यसलाई शुक्रबार औपचारिक रूप दिइएको हो। चिनियाँ नेता छी यसअघि छङ्तुका मेयर हुनुहुन्थ्यो।

अहिले राजनीतिक उचाइ लिइरहेका छीले आफ्नो समयमा सुरु भएको काम भन्दै सम्झौता टुंगो लगाउनु भएको हो। नेपाललाई त्यहाँ चिनाउन भगिनी सहरको महत्त्व रहने प्रमुख कार्यकारी अधिकृत तामाङले बताउनुभयो। 'चीनका चार सहरसँग यसअघि नै भगिनी सहरको सम्झौता भइसकेको छ। यो पाँचौं सहर हो। नेपाल चिनाउने र नेपालमा उनीहरूका तर्फबाट पर्यटक भित्र्याउने काम हुनेछ,' उहाँले भन्नुभयो। संस्कृति, कला, परम्परा, जनस्तरको सम्बन्धका लागि यो भगिनी अवधारणा महत्त्वपूर्ण मानिन्छ।


1 2
जानकारी तथा लेखहरु