फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"इन्द्रेणी" "शा वान खाडीको पुरानो कथा" नामक चिनियाँ नाटक वाशिङ्टनमा प्रदर्शन

(GMT+08:00) 2018-03-12 16:25:27

चिनियाँ वैदेशिक संस्कृति समूहले स्थानीय समय अनुसार गत फेब्रअरी दुई तारिख राति क्वाङ तुङ नाचगान थिएटरको प्रसिद्ध कार्यक्रम अर्थात् "शा वान खाडीको पुरानो कथा" नामक चिनियाँ जातीय नाटकलाई वाशिङ्टन केन्निडी अभिनय कला केन्द्रमा देखाएको थियो। त्यसले अमेरिकी राजधानीका दर्शकहरूले पूर्वी जगतको उच्चस्तरीय नाटकको दृश्यावलोकन गर्न पाएका छन्।

"शा वान खाडीको पुरानो कथा" शीर्षकको नाटक गत शताव्दीको तीसको दशकमा क्वाङ तुङ प्रान्त मातहतको शा वान खाडी प्राचीन गाउँबस्तीबाट सुरु भएको कथा उल्लेख गरिएको छ। सो कथामा नयाँ पुस्ताका सङ्गीतकारको हैसियतले ह थरका तीनजना दाजु-भाइले डामाडोल समाजमा सक्दो प्रयासमार्फत परम्परागत जातीय सङ्गीत र सँस्कृतिको उत्तराधिकार र विकास गरेको घत लाग्दो भावना अभिव्यक्त गरिएको छ।

"शा वान खाडीको पुरानो कथा"ले सन् 2016 मा पेशागत नाटक कलाको सर्वोच्च सरकारी परस्कार अर्थात् पन्ध्रौं वन ह्वा पुरस्कार पाएको थियो। समस्त नाटकमा चीनको क्वाङ तुङ संगीतको विशेषता पनि स्पष्टसँग प्रतिबिम्बित भएको छ।

1  2  
जानकारी तथा लेखहरु