फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#चिनारी कार्यक्रम# दुईवटा अधिवेशनमा कुनै महत्वपूर्ण मामिला?

(GMT+08:00) 2018-03-21 16:16:53

मार्च 3 तारिखदेखि 15सम्म पैचिङ्गमा चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलन तेह्रौं राष्ट्रिय समितिको पहिलो अधिवेशन सम्पन्न भएको छ। साथै 5 तारिखदेखि सुरु भएको तेह्रौं राष्ट्रिय जन कंग्रेसको पहिलो अधिवेशन पनि मार्च २० तारिख सम्पन्न भएको छ। आजको चिनारी कार्यक्रममा यी दुइवटा अधिवेशनको अवसरमा भएका केही महत्वपूर्ण पक्षहरुको जानकारी दिँदैछु।

सम्पन्न भएको चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलन तेह्रौं राष्ट्रिय समितिको पहिलो अधिवेशनमा चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलन तेह्रौं राष्ट्रिय समितिका अध्यक्ष, उपाध्यक्ष, सचिव तथा स्थायी सदस्य निर्वाचित हुनु भएको छ। वाङ याङ चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलनको तेह्रौं राष्ट्रिय समितिका अध्यक्ष निर्वाचित हुनुभयो।

नव निर्वाचित अध्यक्ष वाङ याङले आफ्नो सम्बोधनमा चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलनले चिनियाँ कम्युनिष्ट पार्टीको उन्नाइसौं महाधिवेशनको भावनालाई निष्ठापूर्वक कार्यान्वयन गर्नुपर्ने,सी चिन फिङ नयाँ युगमा चिनियाँ विशेषतायुक्त समाजवादी विचारलाई विभिन्न कार्यलाई डोर्‍याउने निर्देशिका बनाउनुपर्ने,चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वलाई जारी राख्नुपर्ने,जन राजनीतिक परामर्शदातृ सम्मेलनको स्थिति निर्धारणलाई कायम राखेर आफ्नो जिम्मेवारीलाई निष्ठापूर्वक वहन गर्नुपर्ने तथा नयाँ युगमा जन राजनीतिक परामर्शदातृ सम्मेलनको नयाँ अध्याय लेख्नुपर्ने कुरामा जोड दिनुभयो।

नवनिर्वाचित अध्यक्ष वाङ याङले चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको बहुपक्षीय सहयोग तथा राजनीतिक परामर्श व्यवस्था चीनको एउटा आधारभूत राजनीतिक व्यवस्था हो भन्दै यो व्यवस्था चिनियाँ कम्युनिष्ट पार्टी,चिनियाँ जनता तथा चीनका विभिन्न प्रजातान्त्रिक पार्टीहरु तथा निर्दलीय व्यक्तिहरुसँगै मिलेर बनाएको एउटा महान राजनीतिक सिर्जना भएको बताउनुभयो।

5 तारिखदेखि सुरु भएको राष्ट्रिय जन काँग्रेसको अधिवेशनमा प्रधानमन्त्री ली ख छ्याङले राज्य परिषद्को तर्फबाट अधिवेशनसमक्ष बितेका पाँच वर्षको सरकारी कार्यप्रगति सुनुवाई गर्नुका साथै चालु वर्षको कार्यबारे राय-सुझाव प्रस्तुत गरी लेखाजोखा गर्न अधिवेशनसमक्ष पेश गर्नुभयो। उहाँका अनुसार यस वर्षको सरकारी कार्यले सी चिन फिङको नयाँ युगको चिनियाँ विशेषतायुक्त समाजवादको आर्थिक सिद्धान्तलाई पालन गर्दै असन्तुलित विकास समस्यालाई शक्तिशाली रूपमा समाधान गर्नुपर्छ। सुधार तथा खुलापनलाई विस्तार गर्दै सम्पन्न समाजको निर्माण सम्बन्धी तीन ठूला कडा संघर्ष राम्ररी गर्नुपर्छ। यस वर्षको सरकारी काम सम्बन्धी राय-सुझावमा आपूर्ति-क्षेत्र सुधारलाई गहन प्रवर्द्धन गर्ने,नवनिर्माणलाई तीव्रता दिने,आधारभूत तथा केन्द्रीय क्षेत्रको सुधारलाई गहन पार्ने,महत्वपूर्ण जोखिमको प्रतिरोध गर्ने, गरिबी क्षेत्रमा प्रत्यक्ष सहायता प्रदान गर्ने,प्रदूषणको समाधान गरी तीन ठूला कडा संघर्ष गर्ने,ग्रामीण क्षेत्रको पुनरुत्थान रणनीतिको शक्तिशाली रुपमा व्यवहारिक कार्यान्वयन गर्ने,उपभोग्यको सक्रिय विस्तार गर्ने र प्रभावकारी लगानीको प्रवर्द्धन गरी चौतर्फी खुलापनको नयाँ प्रारुपको निर्माणलाई प्रवर्द्धन गर्ने,नागरिक जीवन स्तरलाई प्रत्याभूति तथा सुधार गर्ने मुख्य विषय समावेश छन्।

1  2  
जानकारी तथा लेखहरु