फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#चिनारी कार्यक्रम# दुईवटा अधिवेशनमा कुनै महत्वपूर्ण मामिला?

(GMT+08:00) 2018-03-21 16:16:53

तेह्रौँ राष्ट्रिय जनकाँग्रेसको पहिलो अधिवेशनले जन गणतन्त्र चीनको संविधान संशोधन पनि मतदानबाट पारित गरिएको छ। संशोधनपछि चीनको संविधानमा चौध वर्षपछि नयाँ युगको नयाँ विषय थपिएको छ।

चिनियाँ राष्ट्रिय जन काँग्रेसको स्थायी समितिअन्तर्गत कानुनी कार्य समितिका प्रमुख शन छुन याउका अनुसार, संविधान संशोधन चीनको राष्ट्रिय राजनीतिक कार्यको एक ठूलो कुरा हो। उहाँले नयाँ युगको चीनको विशेषतायुक्त समाजवादको पृष्ठभूमिमा चीनको कानुनी निर्माणले प्राप्त गरेको ठूलो उपलब्धि हो भन्ने कुरामा जोड दिनुभयो। संविधान संशोधन पारित भएपछि चिनियाँ कम्युनिष्ट पार्टी र देशको विकासलाई अगाडि बढाउने र प्रत्याभूति गर्ने, चीनको समाजवादको कानुनी शासन निर्माणलाई अगाडी बढाउने र मजबुद पार्ने कुरा उहाँले स्पष्ट पार्नु भएको छ।

तेह्रौं राष्ट्रिय जन काँग्रेसको पहिलो अधिवेशनले मतदानमार्फत चिनियाँ राज्य परिषदको संस्था सुधार योजना पारित गरेको छ। उक्त योजनाअनुसार, सुधारपछि चिनियाँ राज्य परिषद कार्यालयबाहेक अरु २६ विभागको गठन हुनेछन्।

साथै अधिवेशनले ली चान शु तेह्रौं राष्ट्रिय जन काँग्रेसको स्थायी समितिका अध्यक्षमा निर्वाचित गरेको छ भने वाङ्ग छी शानलाई उप-राष्ट्राध्यक्षमा निर्वाचित हुनु भएको छ। तेह्रौं राष्ट्रिय जन काँग्रेसको पहिलो अधिवेशनले मतदानमार्फत ली ख छ्याङलाई चीनको राज्य परिषदका प्रधानमन्त्रीमा चयन गरेको छ। राष्ट्रिय जन काँस्रेसबाट निर्वाचित भएपछि दोस्रो कार्यकालका लागि ली खछ्याङ प्रधानमन्त्री हुनु भएको हो। त्यसैगरी राष्ट्रिय जन काँग्रेसले याङ स्याउ तुलाई चीनको राष्ट्रिय अनुगमन तथा जाँचबुझ समितिको प्रमुखको रुपमा निर्वाचित गरेको छ। राष्ट्रिय जन काँस्रेसको उक्त अधिवेशनले मतदानमार्फत स्यू छी ल्याङ र चाङ यौ स्यालाई चीनको केन्द्रीय सैन्य आयोगका उपाध्यक्षमा चयन गरेको छ भने चौ छ्याङलाई चीनको सर्वोच्च जन अदालतका प्रधान न्यायाधीशमा निर्वाचित गरेको छ। त्यसैगरी चाङ च्युनलाई चीनको सर्वोच्च जन न्यायाधिवक्तामा चयन गरेको छ।

बैठकपछि नव नेतागणले संविधान शपथ ग्रहण गर्नुभयो।


1  2  
जानकारी तथा लेखहरु