फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#चिनारी कार्यक्रम# मंगोलिया राज्यद्वारा नान सोङ्ग अर्थात दक्षिण सोङ्ग राजवंशको अन्त्य

(GMT+08:00) 2018-04-25 15:32:18

प्रधानमन्त्री च्या स ताउले सम्राटसमक्ष संघर्षमा सफल भएको गल्ती सूचना सुनाए। केही थाहा नपाएका ली चुङ्ग सम्राटले प्रधानमन्त्रीको धेरै प्रशंसा गरेर अझ बढी अधिकार दिए। यसरी ती प्रधानमन्त्रीले तत्कालीन् सरकार‌को शासन अधिकार आफ्नो हातमा लिए। ली चुङ्ग सम्राटको निधन भएपछि उनका छोरा तु चुङ्ग सम्राटमा नियुक्त भए। तु चुङ्ग सम्राटले शिक्षकको रुपमा प्रधानमन्त्री च्या स ताउलाई सम्मान दिए। यसरी च्या स ताउले 15 वर्षसम्म दक्षिण सोङ्ग राजवंशको शासन गरे।

अर्कातिर हुबिलेले आन्तरिक मामिलालाई स्थिर पारेर सन् 1271 मंगोलिया राज्यको नामलाई युआन बनाए। उनी युआन राज्यका पहिलो सम्राट थिए।

दक्षिण सोङ्गको कमजोरी हेरेर सम्राट हुबिलेले दुइ लाख सेना पठाएर फेरि आक्रमण गरे। यसपटक युआन राज्यका जनरलले च्या स ताउको शान्तिपूर्ण मागलाई अस्वीकार गरेर युआन राज्यको सेनाले सन् 1276 तत्कालीन राजधानी लिन आनमाथि कब्जा गर्‍यो। युआन राज्यको सेनाले तत्कालीन दक्षिण सोङ्गका सम्राटलाई पक्राउ गरेर दक्षिण सोङ्ग वंशको शासन समाप्त भयो। दक्षिण सोङ्ग राजवंशका केही इमान्दारी अधिकारीहरु चीनको दक्षिणी भागमा भागेर निरन्तर रुपमा प्रतिरक्षा गरे। तर त्यो प्रतिरक्षा शक्ति साँचिकै कम भएका हुनाले सन् 1279 मा युआन राज्यले चीनको एकीकरण गर्‍यो।

यसरी चीनको इतिहासले सोङ्ग राजवंशलाई समाप्त गरेर औपचारिक रुपमा युआन राजवंशमा प्रवेश गर्‍यो।


1  2  
जानकारी तथा लेखहरु