फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

# इन्द्रेणी # तिब्बत सँस्कृति मेक्सिको मैत्रीपूर्ण सँस्कृति मेलामा निकै आकर्षित

(GMT+08:00) 2018-05-14 16:48:16

"चीनको तिब्बत टासिदेले" साँस्कृतिक साप्ताह गत अप्रिल पन्ध्र तारिखदेखि मेक्सिमा शुरु भएको छ। सन् 2018 मा मेक्सिको शहर मैत्रीपूर्ण सँस्कृति मेलाका मुख्य अतिथि मुलुकका शृङ्खलाबद्ध गतिबिधिमध्येको एकको रुपमा रही त्यस साँस्कृतिक साप्ताहमा फोटो प्रदर्शनी, साँस्कृतिक अभिनय र साँस्कृतिक गोष्ठी लगायतका विविध साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ।

मेक्सिको शहर सरकारको तत्त्वावधानमा आयोजित मेक्सिको शहर मैत्रीपूर्ण सँस्कृति मेला यो वर्ष आयोजना गरिएको दशौं पटक हो भने चीन यस वर्ष सो मेलाको मुख्य अतिथि मुलुक रहेको छ। "चीनको तिब्बत टासिदेले गैर-भौतिक सँस्कृति, साँस्कृतिक सिर्जनशील वस्तु र पोशाक" प्रदर्शनीको उद्धाटन समारोह गत अप्रिल पन्ध्र तारिख मेक्सिको शहरमा अवस्थित राष्ट्रिय विश्व सँस्कृति संग्रहालयमा आयोजना गरियो। संग्रहालयका प्रमुख श्रीमती गोरिया आर्टिसले उद्धाटन समारोहलाई सम्बोधन गर्दै भावपूर्वक भन्नुभयो:

तिब्बतलाई विश्वको छानो भनिन्छ। जुन जन गणतन्त्र चीनका पाँचवटा अल्पसंख्यक जातीय स्यायत्त प्रदेशमध्येको एक पनि हो। त्यहाँको प्रकृति र सँस्कृतिको विविधता देखाउँदा विश्वका जनतालाई साह्रै आश्चर्य लागेको छ। यस प्रदर्शनीमार्फत त्यहाँको विविधतालाई अझ बढी मानिससमक्ष देखाउनसक्ने भन्ने हाम्रो आशा नै हो। यस प्रदर्शनीमा दर्शकहरूले सुन्दर फोटो, तिब्बती क्षेत्रका विभिन्न जातिका रङ्गीचङ्गी पोशाक र तिब्बती कलाकारद्बारा बनाइएका विशेषतायुक्त जातीय हस्तकलाको दृश्यावलोकन गर्न सक्नेछन्। तिब्बतको विशेषता हाम्रो लागि गहन रुपमा बुझ्न र जानकारी लिन लायक छ।

 

मेक्सिको चिनियाँ सँस्कृति केन्द्रको निमन्त्रणामा तिब्बत स्वायत्त प्रदेशको जन सरकारको तर्फबाट तिब्बत स्वायत्त प्रदेशको सँस्कृति विभागका उपप्रमुख चाउ पिनले चालीसजना कलाकार र विद्बान रहेको "चीनको तिब्बत टासिदेले" साँस्कृतिक आदान-प्रदान मण्डलको नेतृत्व गरेर मेक्सिको शहरको भ्रमण गर्नुभएको छ। उपप्रमुख चाउले यस बारेमा जानकारी दिँदै भन्नुभयो:

1  2  
जानकारी तथा लेखहरु