फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#आँखीझ्याल# युन नान प्रान्तीय मङ लेन जिल्लाले एभोकाडो उत्पादनमा निर्भर भएर गरिबीबाट मुक्त हुने र आम्दानी बढाउने नयाँ बाटोको खोजी

(GMT+08:00) 2018-05-25 10:51:53

माउ च्या युनकाअनुसार, स्थानीय वासिन्दाहरू अन्नबालीको परम्परागत रोपाइ गर्न सिपालु छन् तर नयाँ बाली परीक्षात्मक रुपमा रोप्न गाह्रो माने। माङ सिन गाउँले सन् 2016 मा पहिलो किसान सहकारीको स्थापना गरेको थियो। ल्यू यिन कम्पनीले पैसा र प्रविधि दिनुका साथै बिक्रीको जिम्मा पनि लिएका छन्। किसानले खेतीयोग्य जमीनबाट शेयरको भाग ओगटेका छन्। एक वर्षपछि एभोकाडो रुखको रोपाइले किसानलाई फाइदा दिएको छ। अझै धेरै किसानलाई रोपाइमा संलग्न हुन आकर्षित गरिएको छ।

ताउ च्या युनको विश्लेषणअनुसार, मङ लेन जिल्लामा धेरै अल्पसंख्यक जातिका वासिन्दाहरू बसोबास गर्छन्। एभोकाडोको सफल रोपाइले अल्पसंख्यक जातिका किसानहरूलाई गरिबीबाट मुक्त हुन र आम्दानी बढाउनका लागि नयाँ सुअवसर उपलब्ध गराएको छ।

55 वर्षीय यान श्वाइ माङ सिन बस्तीका हुन्। उनले पहिला मकै रोपाइको प्रधानतामा रहेको 0.87 हेक्टरको जमिन ल्यू यिन कम्पनीलाई एभोकाडो रोप्न भाडामा दिएका छन् र हाल यान श्वाइ र उनकी श्रीमतीले एभोकाडो उद्यानमा काम गर्न थालेका छन्। याङ श्वाइले प्रतिदिन सिँचाइ र मल हाल्ने काम गर्छन्। उनकी श्रीमती बिरुवा नर्सरीमा काम गर्छिन्। उनको परिवारको आमदानीमा पहिलाभन्दा बृद्धि भएको छ।


1  2  
जानकारी तथा लेखहरु